Awareness Campaign

सबै कम्युनिष्टहरु संग एकता गर्ने पक्षमा माओवादी: नेता शाक्य



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

दाङ: नेकपा माओवादी केन्द्रका सचिव तथा पुर्व सांसद हितमान शाक्यले कम्युनिष्टहरु बिच पार्टी एकता अभियानमा आफ्नो पार्टी अगाडी बढेको बताएका छन। शुक्रबार लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

‘बाबुरामजी संग पार्टी एकताको प्रकृया अगाडी बढेको छ। विप्लवजीहरु संग पनि एकताका लागि छलफल चलिरहेको छ। नेपालका कम्युनिष्टहरु बिच एकताको खाँचो छ।’ उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओली बाहेका नेताहरुले पनि कम्युनिष्टहरु बिच एकता गर्नु पर्ने जोड गरिरहेका छन् र हुन पनि सक्छ।’

अर्को प्रसंगमा पार्टी अध्यक्ष प्रचण्डको विकल्प नरहेको भन्दै पहिलो र दोश्रो कालको प्रधानमन्त्री कालमा माओवादीले चाहे जस्तो गरी उहाँले काम गर्न नसकोले यसपाली उहाँ जनताका पक्षमा केहि गर्छ भन्ने हुट्हुटी बोकेर सरकारको नेतृत्व गर्न गएको र ३२ सिटको माओवादी ठुला दुई दल कांग्रेस र एमालेका नेताहरुलाई सुन काण्डमा समात्ने जोखिम समेत उठाउन नहिच्किचाएको उनको भनाई थियो। नेता शाक्य सो पार्टीले अगाडी सारेको घर-घरमा माओवादी जनजनमा माओवादी तीन महिने विशेष रुपान्तरण अभियानको लुम्बिनी प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी लिएर खटिएका छन।

Forest
Forest
Ad.

देशलाई आर्थिक रुपमा डामाडोल पार्दै झण्डै श्रीलंका बन्ने अवस्थामा यस अघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्याएको आरोप लगाउँदै शाक्यले भने, ‘प्रचण्ड नेतृत्वको सरकारले अर्बौं ऋणमा डुबेको नेपाल आयल निगमलाई ऋण मुक्त बनाएको, थुप्रै क्षेत्रमा  निर्यात बढाएको र आर्थिक अवस्था सन्तोषजनक अवस्थामा पुर्याइएको छ।

कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिव कृष्ण अधिकारी ‘प्रकाश’, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ईन्चार्ज अजयदिप शर्मा र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले पनि प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो। प्रेस सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विकको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →