Place for ads

Awareness

साहित्य प्रतिष्ठानको १८ ओैँ वार्षिक दिवस मनाइयो



ओझेलका खबर संवाददाता
४ महिना अगाडि


Place for ads

पाल्पा: शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठान स्थापनाको १८ ओैँ वार्षिक दिवस सहित ९५ ओैं कुलमणि देवकोटा जन्म जयन्ती, प्रतिभा सम्मान पुरस्कार समर्पण एवं छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद समाजसेवी बुद्धिप्रसाद शर्माले सुमन्तव्य व्यक्त गर्दै भन्नुभयो, ‘पाल्पामा साहित्यको जागरण ल्याउन , स्वास्थ्य सचेतना जगाउनका साथै शिक्षा क्षेत्रमा समेत अभिप्रेरणा प्रदान गर्ने कार्यमा प्रतिष्ठानको भूमिका उदाहरणीय एवं अन्य संस्थाका लागि समेत अनुकरणीय रहेको छ। स्वास्थ्यको क्षेत्रमा संरक्षक डा. प्रकाश राज रेग्मी र साहित्यको क्षेत्रमा संस्थापक अध्यक्ष पुष्कर अथक रेग्मीले गरेको योगदान स्मरणीय छ । अझ नवीन कार्यक्रम र स‍ोचका साथ प्रतिष्ठान अघि बढोस शुभकामना । पुरस्कृत एवं सम्मानित व्यक्तित्व साथै छात्रवृत्ति प्राप्त गर्ने विधार्थीहरूलाई बधाई शुभकामना। ”

महासचिव चन्द्रकान्त न्यौपानेद्वारा वार्षिक गतिविधि र सदस्य गंभीर रायमाझीद्वारा रू. ७,२९,८५१/- बराबरको लेखा परीक्षण सम्पन्न आयव्यय प्रस्तुत गरिएको कार्यक्रममा कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट साहित्यकार गंगानाथ कोइराला ,लक्ष्मीप्रीय जगतबहादुर स्मृति पुरस्कारबाट साहित्यकार धर्मी शाक्य, जगतकुलमणिकविन्द्र त्रिनक्षत्र पुरस्कारबाट कवयित्री नैना नेपाल ढकाल,विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट नानू हमाल, इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट देवेन्द्रमान शाक्य , शक्तिराज रेग्मी संचार सेवा सम्मानबाट लक्ष्मण खड्का , राधाबद्रीअम्बिका स्वयंसेवा सम्मानबाट सुशील प्रसाद प्रधान ,बालहरि स्मृति स्वास्थ्य सेवा सम्मानबाट शिखा पहारी , दीनानाना साहित्य सेवा सम्मानबाट धातानन्द शर्मा र तुलठगी शैक्षिक प्रतिभा पुरस्कारबाट कामना रानालाई पुरस्कृत एवं सम्मानित गरिएको थियोे। पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरूको परिचय दिने कार्य प्रतिष्ठानका सदस्य भोजराज भट्टराईले गर्नुभयो।

Get Vaccinated

कार्यक्रममा भैरव बहुमुखी क्याम्पस , तानसेन बहुमुखी क्याम्पस , त्रिभुवन बहुमुखी क्याम्पस , प. प.न.मा.वि., सेन मा.वि.र कालिका मा.वि अध्ययनरत १३ जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरियो । जस्मा ७ जना विधार्थीले प्रतिष्ठानका संरक्षक डा. प्रकाश राज रेग्मी द्वारा स्थापित विमला कमल शैक्षिक छात्रवृत्ति , ५ जनाले ज्योति रेग्मी अधिकारीद्वारा स्थापित ज्ञानज्योति शैक्षिक छात्रवृत्ति र १ जनाले खुमानन्द/ मनोहर/ रोहित ज्ञवालीद्वारा स्थापित माता दीनकुमारी छात्रवृत्ति प्राप्त गरे। छात्रवृत्ति रकमहरू रू.१० हजार, ३ हजार र २ हजार ५ सय रहेका छन्। अक्षयकोषदाता बाबुराम कार्कीबाट रू ५ हजार र त्रिलोचन पौड्यालबाट रू १० हजार अक्षयकोषमा थप, नैना नेपाल ढकालबाट रू ५ हजार छात्रवृत्तिको लागि शालिकराम / शिखा पहारीबाट रू १० हजार प्रतिष्ठानलाई प्रदान गरिएको छ।

समारोहमा विशेष अतिथिद्वय डा. रचेल कारख र छत्रराज शाक्य , भरत शर्मा, त्रिलोचन पौड्याल , कृष्णप्रसाद कोइराला, नैना नेपाल ढकाल,गंगानाथ कोइरालाबाट शुभकामना मन्तव्य व्यक्त गरिएको कार्यक्रममा अध्यक्ष पुष्कर अथक रेग्मीले प्रतिष्ठानको इतिहास देखि बर्तमानलाई समेटदै सहयोगी मनहरू सबैलाई धन्यवाद ज्ञापन सहित सभा विसर्जन गर्नु भयो ।पाल्पा उधोग वाणिज्य संघको सभा कक्षमा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष रोहित प्रसाद ज्ञवाली र संचालन महासचिव चन्द्र कान्त न्यौपानेद्वारा गरिएको थियोे ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो