Hi-Speed Computer

Awareness Campaign

फुटबल खेलाडी सन्तोषको लुकेको पीडा



टोपलाल अर्याल
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मैदानमा सन्तोषको पीडाभन्दा प्रतिभा देखिन्छ । सन्तोष आफै पनि पीडा सम्झन चाहान्न । तर, लुकेको दर्दनाक पीडाकाबिच खेलमा उत्कृष्टता प्रर्दशन गर्ने सन्तोषको खुवी हो । करेण्ट लागेको सन्तोषलाई याद छैन् । बुवा खीम बहादुर घर्तिले भारतमा इलेक्ट्रिसियनको काम गर्थे ।

बुबासंगै काम गर्ने ठाउँमा पुगेका सन्तोषलाई अचानक करेण्ट लाग्यो । ०६८ सालमा सन्तोष ५ बर्षका थिए । उनी तीन महिना अस्पतालको उपचारपछि मृत्युबाट फर्किए । तर, कर्मशिल हात फर्किएन । संयोग २८ जेठ ०७० सालमा बुबा खीम बहादुर घर्ति पनि स्टेशनकै करेण्ट लागेर ज्यान गुमाए । त्यो बेला कान्छी छोरी आमाको पेटमा थिइन् । बुबा बितेको १५ दिनमा उनी जन्मिइन् । क्रियाकर्म र साना छोराछोरी र सुत्केरी अवस्थाकाबिच सन्तोषकी आमा ४२ बर्षीया चन्द्रकला घर्तिलाई ठुलो संकट प¥यो । उनी श्रीमान बितेको सात महिनापछि पुसमा छोराछोरी बोकेर घर फर्किन् । घर आउँदा छुट्टै घर थिएन् । लालाबाला र व्यावस्थापनको दौडमा चन्द्रकलाले कैयौ कष्ट खेपिन । सन्तोषले ३ देखि ६ सम्म गाउँमै बोर्डिङ्ग पढे । कक्षा ७ देखि मालिका माविमा अध्ययन गर्दै आएका छन् । आमाले गाउँकै आँखा अस्पतालमा कार्यालय सहयोगीको काम गर्छिन् ।

सन्तोष आमाको बुढेशकालको आशा हुन् । तीन बहिनीहरुका भरोसा पनि हुन् । उनले खेलमा आफ्नो भविष्य देखेका छन् । उनलाई अर्थोपार्जन र परिवारको संरक्षणको बाध्यताले पनि बिस्तारै च्याप्नेनै छ । तर, कलिलो उमेर भएकाले खेलमै केहि गरौ भन्ने अठोट दरिलो गरेर बोकेका छन् । ‘मैले परिवारको अवस्था राम्रोसंग बुझेको छु । मलाई खेलमा हातको चिन्ता गर्नेहरुभन्दा साथको खाँचो छ,’उनले भने,‘अवसर पाए अझै धेरै राम्रो गर्ने हिम्मत बोकेको छु ।’

Forest
Forest
Ad.

खेलमै भविष्य देख्दै

अहिलेपनि कैयौ अपांगता भएका व्यक्ति साङलोमा तड्पिएका छन् । कतिपय परिवारले हेरबिचार नगरेपछि बजारमा बौलाहको सामाजिक उपमा बोकेर हिडेका छन् । अपांगता भएका व्यक्तिहरुलाई अझै पनि उपचार र अवसर भन्दा पनि दयाको पात्र ठान्ने नेपाली प्रवृति छ ।

त्यहि सामाजिक तथा पारिवारीक सोँचका कारण अपांगता भएका व्यक्तिहरु पनि ओछ्यानबाट उठ्न सकिरहेका छैनन् । तर, मालिका गाउँपालिका ८ का १७ बर्षीय सन्तोष घर्तिको प्रतिभालाई अपांगताले छेकेन् । दौड र सीपमा उत्कृष्ट छन् । केहि समय पहिले तम्घासको चिदिचौर खेल मैदानमा संचालित फोर्टिन स्टार कप जिल्ला स्तरिय छात्र फुटवल प्रतियोगीतामा सन्तोष कैयौँ दशकको मनमा अटाए । त्यो दयाभन्दा खेलप्रतिको सन्तोषको अब्बलताले हो ।

मालिका गाउँपालिका ८ को मालिका माविको कक्षा १० मा पदढ्ने सन्तोषको एक हात छैन् । तर, खेल हेर्ने दर्शकलाई कुनै पत्तोनै हुँदैन् । अरु खेलाडीकै दौडमा कुनै फरकपन छैन् । खेलमा हरेक बलको उत्कृष्ट प्रतिरक्षा गर्दा दर्शकको निकै तारिफ पाए । घर्तिले सानैबाट फुटवलमा रुची राख्थे । सन्तोष साँझमा हरेक दिन गाउँमै साथीहरुसंग फुटवल खेल्छन् । उनी समुहको कम्जोर पात्र नभएर भरोसा हुन् । कडा परिश्रम र सीपले मात्रै फुटवल खेल सम्भव छ । जोगिन नसके ज्याननै जोखिममा पर्छ । प्रतिस्प्रर्धाकै क्रममा सहकर्मी महेन्द्र खत्री लडेर गम्भिर घाइते भए । तर, पनि सन्तोषको आत्मवल बढिनैरह्यो । ‘खेलमैदानमा पसेपछि उर्जा प्राप्त हुन्छ । कहिल्यै आफुुलाई कम्जोर ठानेको छैन्,’उनले भने,‘खेल्दा इमानदारिता र आफ्नो शरिरको पूर्ण भरोसा छ ।’ गाउँमा सन्तोषलाई कम्जोर सोच्नेहरु नभएका होइनन् ।

Awareness by SKF

तर, आफ्नो सपना, आत्मवल तथा स्कुल, साथीभाई र परिवारको उर्जाका कारण खेल खेलिरहेका छन् । सन्तोषले हातभन्दा खेल देखाउन चाहान्छन् । जसका कारण गाउँका खेलहरुमा जकेट लगाएर खेले । तर, अहिले एन्फाको नियमका कारण हाफ टिर्सटमा खेले । ‘मैले दर्शकलाई हातभन्दा खेल देखाउन चाहन्छु । त्यसैले गाउँमा जाकेट लगाएर खेल्थे,’उनले भने,‘जिल्लास्तरीय खेलमा सवैले हात देख्दा अर्कै महसुस भएपनि बिचलित नभएर खेलेँ ।’ उनलाई बिद्यालय तहबाट पनि हौसला राम्रो छ । अहिलेसम्म दुईवटा जिल्लास्तरिय खेलमा सन्तोषले भाग लिए । बिद्यालयलाई एन्फाका रेफ्रीहरु भएकाले सन्तोषको हातको कारणले कतै खेलबाट बाहिरिनु परेर समुहनै कम्जोर बन्ने त होइन भन्ने पनि डर थियो । तर, त्यस्तो भएन सौहार्दतापूर्ण रुपमा मालिका मावि र रिडी माविबिच प्रतिस्प्रर्धा चल्यो । अन्तत रिडी माविलाई पराजित गरेर मालिका माविको सन्तोषहरुको समुह क्वाटर फाइनलमा प्रवेश पायो । खेलमा सन्तोषको विश्वास देखेर आफु पनि प्रभावित भएको मालिका माविका खेल शिक्षक तिर्थ बहादुर शाहीले बताए ।

‘सन्तोषको विश्वास र इमान्दारिताका कारण मैले निरन्तर हौसला दिएको छु । सन्तोष खेल्न र पढ्न दुवैमा राम्रो बिद्यार्थी हो,’उनले भने,‘खेलमा हारजित स्वभाविक र सहभागीता ठुलो कुरा हो ।’ शाहीले उच्चशिक्षासंगै राम्रो क्लवमा खेल्न पाए सन्तोषले राम्रो गर्न सक्ने बताए । संगै फुटवल खेलिरहेका साथी अमित खत्रीले पनि सन्तोषले खेल मैदानमा कहिल्यै आफु कम्जोर नठान्ने प्रतिक्रिया दिए । उनले आफुहरुलाई समेत सन्तोषले उर्जा दिने गरेको अमितले बताए ।

गाउँमा मापदण्ड अनुसारको खेलमैदान, प्रशिक्षक र प्रशिक्षण छैन् । खेलाडीहरु खेतबारी र सडकहरुमा खेल खेल्न बाध्य छन् । तर, पनि सन्तोष जस्ता हिम्मतवाला खेलाडीहरु जन्मिरहेका छन् । जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लबले छात्र र पुल्चोक स्पोर्ट क्लबले छात्रा फुटबल प्रतियोगिता गर्दै आएका छन् । सहरका विद्यालयहरुमा मात्रै केन्द्रित फुटबल खेलको मोह गाउँसम्म विस्तार गर्न क्लबहरूले लामो समयदेखि प्रतियोगिता आयोजना गरिरहेका छन् । जसका कारण सन्तोषको प्रतिभा र अवस्था उजागर भयो । सन्तोष समुह चरणको खेलमा म्यान अफ द म्याच समेत भए । एन्फाका रेफ्री प्रकाश नेवाङ्गले सन्तोषको हिम्मत र खेल देखेर आफुहरु निकै प्रभावित भएको बताए । उनले डिफेण्डरको भूमिकामा कहिँकतै नचुकेको र फिल्डमा ठुलो आत्मवलका खेल खेल प्रर्दशन गरेको बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →