बुटवल: फिलिपिन्सको मनिलामा सम्पन्न भएको सौन्दर्य प्रतियोगिता लिटल एण्ड टिन ग्लाम इन्टरनेशनल २०२५ मा गुल्मीकी ११ वर्षिया अग्रिमा कुँवरले लिटल मिस ग्लाम युनिभर्सल २०२५ (Little & Teen Glam International 2025) को उपाधि हात पारेकी छन्। प्रतियोगिता मे २४ देखि २९ सम्म सञ्चालन भएको थियो।
अग्रिमा कुँवर ११ बर्ष मात्रै पुगेकी छन। उनि गुल्मी मदानेकी बासिन्दा हुन् भने हाल बुटवलमा १२ मा बसोबास गर्दै बुटवलको एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ७ पढ्दै आईरहेकी छन।
अग्रिमा कुँवरले Little Miss Glam Universal 2025 को उपाधि हात पार्न सफल भएकी छन भने उनले sub title र medal-3 को समेत उपाधी हात पारेकी छन।
प्रतियोगिताको क्रममा अग्रिमाले आफ्नो परिचयात्मक भिडियोमार्फत नेपाली संस्कृति, पर्यटन र आफ्नो प्रतिभा प्रस्तुत गरेकी थिइन्। उनको आत्मविश्वास, प्रस्तुतीकरण र सांस्कृतिक अभिव्यक्तिले निर्णायकहरूको ध्यान खिचेको फिलिपिन्सको मनिलाबाट उनको बुवा त्रिविक्रम कुँवरले बताए।
राष्ट्रको पहिचान बोकेको कुरा गर्दै अग्रिमा कुँवरले नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिँदा यो केवल व्यक्तिगत सफलता नभई गुल्मी र सम्पूर्ण देशको गौरव भएको र हामिहरुले पाएको ताजले अन्य नेपाली बालबालिकालाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न हौसला मिल्ने बताएकी छन।
त्यस्तै प्रतिस्पर्धामा बुटवलकी मिरिन्जा गाहाले Miss Teen Glam World 2025 को उपाधी हात पार्न सफल भइन भने sub title र medal-3 को समेत उपाधी प्राप्त गरिन। नेपालगञ्जकी मोनिका कठायतले Mini Miss Glam international 2025 को उपाधी जितिन भने sub title र medal-3 को उपाधी समेत हात पारेकी छन।
Little & Teen Glam International विश्वकै सबैभन्दा ठूलो बालबालिका र किशोरी सौन्दर्य प्रतियोगिता हो, जसमा ३ वटा बालिका उपश्रेणीहरू र २ वटा किशोरी उपश्रेणीहरू रहेका छन।
कार्यक्रममा Talent & Gala Night round, National custom round, Swimming custom, Resort wear round, Fashion show, Formal/long evening grown, Sports र Introduction round रहेका थिए।
उनिहरुको यो सफलता नेपाली बालबालिकाहरूका लागि प्रेरणादायी उदाहरण हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको नेपालको तर्फबाट आयोजक संस्था म्याजेस्टिक ग्रुपका संचालक तथा कन्ट्री डाइरेक्टर मन्जेस गिरीले बताए।
कार्यक्रमको लागी नेपालको तर्फबाट म्याजेस्टिक ग्रुपका सञ्चालक तथा निर्देशक मन्जेस गिरी र सह-निर्देशक सजल श्रीभासको नेत्तृत्वमा नेपाली नेपाली टोली मे २२ तारिकका दिन फिलिपिन्सको मनिला प्रस्थान गरेको थियो।
नेपाली टिमको लागि यस कार्यक्रमको मुख्य प्रायोजन एक्स्ट्रा टेक ओभल अन्तर्राष्ट्रिय स्टेडियमका निर्देशक विनोद कुँवरले गरेका थिए भने हाल उनि अष्ट्रेलियामा रहेका छन।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |