बागलुङ । बरेङबाट बागलुङतर्फ आउँदै गरेको पिकअप जीप बागलुङ नगरपालिका–८ सिगाना क्षेत्रमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरी कार्यालय बागलुङले जनाएको छ।
बरेङदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित यात्रुहरू घाइते भएका हुन्।
गम्भीर घाइते हुनेमा चालक सुसान्त जिसी यात्री प्रशान्त खड्का रहेका छन्।
यस्तै अन्य घाइतेहरूमा सावित्रि भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निसा भण्डारी, चन्द्र भण्डारी र झुमा भण्डारी रहेका छन्।
सबै घाइतेहरूको उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिएका छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








