Smoking Causes Cancer

एक वर्षमै १० थप संक्रमित, बागलुङमा एचआइभीको जोखिम बढ्दो



लालु प्रसाद गैरे
१० महिना अगाडि


Place for ads

बागलुङ: बागलुङमा एचआइभी संक्रमितको संख्या वर्षैपिच्छे बढ्दै गएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष १० जना थप नयाँ संक्रमित फेला परेका छन्। हाल जिल्लाभर २१५ जना सक्रिय संक्रमित रहेका छन्।

सबैभन्दा धेरै संक्रमित बागलुङ नगरपालिकामा ६१ जना भेटिएका छन् भने सबैभन्दा कम बरेङ र ताराखोला गाउँपालिकामा तीन–तीन जना मात्रै छन्।

त्यसैगरी काठेखोला गाउँपालिकामा २३, गलकोट नगरपालिका २५, जैमिनी नगरपालिका २२, बडिगाड गाउँपालिका १३, ढोरपाटन नगरपालिका १०, तमानखोला ५ र निसीखोला ५ जना संक्रमित रहेका प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए।

सिंचाई
Forest
Ad.

बागलुङमा बसोबास गर्ने अन्य जिल्लाका ३८ संक्रमितले पनि यहीँ उपचार सेवा लिइरहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

बालबालिका पनि प्रभावित

जिल्लामा ७ जना बालबालिका एचआइभी संक्रमित छन्। उनीहरूले धौलागिरी पोजिटिभ समूहमार्फत नियमित सेवा लिइरहेका छन्।

उपचार तथा सेवा उपलब्ध

Awareness by SKF

संक्रमित पहिचानका लागि जिल्लाका स्वास्थ्य संस्थामा नियमित परीक्षण किट पठाइँदै आएको छ। एआरटी औषधि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ र बुर्तिबाङ अस्पतालबाट उपलब्ध गराइन्छ। धौलागिरी पोजिटिभ समूहले अस्पतालमा सेवा लिन आउने संक्रमितका लागि खाना–बस्नको सुविधा सहित हेरचाह केन्द्र सञ्चालन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो