पाल्पा: गएराती पाल्पाको प्रहरीले एक सवारी साधनमा अवैध रुपमा ओसारपसार पसार गर्न लागिएको युरिया मल बरामद गरेको छ।
गएराती करिब ११ बजेको समयमा जिल्लाको वनसकाली गाउँपालिका-३, आर्य भञ्ज्याङ् स्थित प्रहरी चौकी आर्यभञ्ज्याङ्को प्रहरीले स्याङ्जाबाट बुटवल तर्फ जादै गरेको लुप्रप ०१-००१ ख ०९५८ नम्बरको मिनी ट्रकलाई रोकेर चेक जाँच गर्ने क्रममा १२० बोरा अर्थात ७० क्विन्टल कृषि युरिया मल बरामद गरेको हो।
कृषि सामग्री कम्पनी लिमिटेड कुलेश्वर काठमाडौ नाट वितरण हुने उक्त मल सहित ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







