Hi-Speed Computer

Awareness Campaign

गुल्मेली छोरी रविना मिस नेपालको फाईनल राउण्डमा भिड्दै



प्रेम सुनार
२ हप्ता अगाडि


       

Awareness

Place for ads

गुल्मी, बैशाख २१: मिस्टर एण्ड मिस नेशनल नेपाल’ सिजन – ४ शौन्दर्य प्रतियोगिताको फाईनल राउन्डमा गुल्मेली छोरी रविना जिसी भिड्दै छिन ।जिल्लाको इस्मा गाउँपालिका ९२रातडाडा निवासी रविना यस प्रतियोगितामा भिड्न लागेकी हुन ।

सनुर्वी इन्टरनेसनलको आयोजनामा यो प्रतियोगिता सञ्चालन भइरहेको हो । ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२५’ को मुख्य प्रायोजक नोभेम्बर क्लोथिङ रहेको छ। मिस्टर एन्ड मिस नेशनलभित्र ६ वटा अन्तराष्ट्रिय फ्रेन्चाइज छन्। मिस सुप्रा नेशनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेशनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेशनल, मिस्टर टुरिजम वल्र्ड रहेका छन्। जुन मिस्टर एण्ड मिस नेशनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो।

यो सिजनमा अहिले १३ जना कनटेस्टेन्ट फाइनल राउण्डमा प्रतिस्पर्धा गर्दैछन् । मे ७ मा प्रज्ञा भवन कमलादी काठमाण्डौंमा फाइनल हुन लागेकाले आफुलाई खल्ती एप मार्फत भोट गरी विजय बनाउन जिसिले सबैमा आग्रह गरेकी छ्न ।

Forest
Forest
Ad.

यसअघि मिस्टर एण्ड मिस नेशनल २०२४ प्रतियोगितामा सजिना खनाल मिस सुप्रा नेशनल र धीरजकाजी बस्नेत मिस्टर सुप्रा नेशनल बनेका थिए। त्यस्तै, मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगाना, क्षितिज श्रेष्ठ क्षेत्री मिस्टर इन्टरनेशनल नेपाल र मिलन भट्टराई मिस्टर टुरिजम वर्लड बनेका थिए ।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →