Smoking Causes Cancer

दिल्लीदेखि संसारकै प्रख्यात होटलका इन्चार्जसम्म गुल्मीका गुनाखर



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: कतिपय मानिसलाई कल्पना नै नगेरेको सफलता प्राप्त हुन्छ। जुन प्राप्त गर्दा उसलाई सपना जस्तै लाग्छ। त्यस्तै गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाका लागि पनि अहिले प्राप्त गरेको सफला सपना जस्तै लागेको छ। उनी हुन् मुसिकोट नगरपालिका-८, वामी पुरानो गाउँका गुनाखर खरेल। उनी वामी पुरानो गाउँ निवासी बुवा ईन्द्रमणी खरेल र माता शशिकला खरेलका छोरा हुन।

जो कुनै समय रोजगारीका लागि दिल्लीका गल्लीहरुमा कैंयौं ठक्कर पाए। उनले गाउँकै विद्यालयमा पाँच कक्षासम्म पढे र वामी मैदानबाट एसएलसी पास गरे पछि रोजगारीका लागि उनले बुटवल पुगेर होटल म्यानेजमेन्ट सम्बन्धी आधारभुत तालिम लिए। त्यस पछि लागे उनी भारतको दिल्लीतिर, कामका लागि निकै भौतारिए। कतारमा विभिन्न होटल तथा रिसोर्ट हुँदै अहिले उनी राजधानी दोहामा रहेको प्रतिष्ठित होटल र्याफल्स एण्ड फेयरमाउन्ट (Raffles and Fairmount Doha) मा सेक्सन इन्चार्जको जिम्मेवारी सम्हालिरहेका छन्। यो कुनैपनि नेपालीको लागि ठूलो सफलता र गर्वको विषय हो।

संघर्षका दिन सम्झदै उनी भन्छन, ‘त्यस क्रममा चोक गल्लीहरुमा भौतारिएँ। त्यहाँ केहि बर्ष संघर्ष गरेपछि त्यतैबाट अरब पुगेँ। अहिले म कतारमा छु। यहाँको आईकनको रुपमा रहेको अल्ट्रा लक्जरी होटल संसारका प्रख्यात होटलहरु मध्ये एक हो। मैले कल्पना पनि गरेको थिइनँ कि यो सपनाकाे संसार जस्तो लाग्ने होटलमा काम पाउँला भनेर। तर अहिले म यस होटलको सामान्य कामदार मात्र छैन, सेक्सन ईन्चार्ज पदमा कार्यरत छु।’

सिंचाई
Forest
Ad.

दिल्ली हुँदै अरबको यात्रा सम्म निकै दुख कष्ट झेले पनि अहिले यो सफलता पाउनु आफ्नो अथक संघर्षको प्रतिफल भएको उनी सुनाउँछन्। उनी थप्छन्, ‘यसबाट जति हर्षित छु, त्यति नै मैले पाएको जिम्मेवारी निभाउँदै अगाडी बढ्ने कुरालाई पनि त्यति नै चुनौतीपुर्ण ठानेको छु।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो