Place for ads

Awareness

‘विश्वव्यापी तापमान वृद्धि मानव जातिको अस्तित्व लोपको कारक बन्न सक्छ’



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

  • मोहन घिमिरे

केहि महिना पहिला International Centre for Integrated Mountain Development (ICIMOD) को कार्यक्रममा सहभागि हुने अवसर मिल्यो। धुलिखेलको सेमिनारमा देशका विभिन्न पालिकाका प्रमुख सहित कर्मचारीहरुको सहभागिता थियो। बढ्दो जलवायू परिवर्तनको अनुकुलनको विषयमा केन्द्रीत रहेको उक्त कार्यक्रममा बर्तमानको मात्र चर्चा गरिएन; निकट भविष्यमा जलवायू परिवर्तनको कारणले हाम्रो पृथ्वीले थेग्नु पर्ने अनेकौ चुनौतिको पनि सविस्तार चर्चा परिचर्चा भयो।

४५ डिग्री सेल्सीयसको तापक्रममा खाडीमा सडक, भवन निर्माणका कामहरु हुन्छन। ग्रीष्मयाममा तापक्रम बढ्यो भने दिनको १२ बजे देखि ३ बजे सम्म बिदा दिईन्छ। मानौँ त्यहाँको तापक्रम ५० डिग्री भन्दा माथि पुग्यो भने तेहा के होला? के मानिसहरुले काम गर्न सक्लान? यो प्रश्नले हामिलाई बेला बखत छोईरहन्छ। उच्च तापक्रम भएका भुमध्यरेखिय क्षेत्रमा मात्र नभएर खाडि मुलुकहरुमा पनि तापमान बृद्धिको प्रतिकुल असर देखिन अब लामो समय कुर्नु पर्ने छैन।

Get Vaccinated

नेपालको तराई कै कुरा गरौं; विश्वव्यापी तापमान वृद्धिको असरले तराईवासी नागरिकहरु छिट्टै प्रताडित हुनेछन। जलवायू परिवर्तनको असर केवल मानव जीवनमा मात्र पर्ने छैन; यस्को असरले सिङ्गो पारिस्थितिक प्रणालि र जैविक विविधता मै ठुलो क्षती निकट भविष्यमा मै निम्तिने वाला छ।

पछिल्ला रिपोर्टहरुलाई आधार मान्ने हो भने विश्वको तापमान वृद्धि प्रति दशक ०.१४ डिग्री सेल्सियस रहेको छ। यसरी नै तापक्रम बढ्ने हो भने हरेक आधा सताब्दीमा १ डिग्री सेल्सियस तापक्रम बढ्न सक्छ। अहिलेको औसत तापक्रममा ३-४ डिग्री मात्र तापक्रम बढ्यो भने पृृथ्वीका धेरै स्थानहरु मानव वसोवासको लागि अनुपयुक्त हुन सक्छन। हामिहरुले आज जुन रुपले प्रकृतिको अनावश्यक रुपले दोहन गरिरहेका छौं; हाम्रो यहि कर्म निकट भविष्यमा हाम्रो सिङ्गो मानव जातीको अस्तित्व लोपको कारण बन्न सक्छ।

जलवायू परिवर्तनको बहुआयामिक असरहरु हाम्रो देश नेपाल मै देखिन थालेका छन। बुढापाका मानिसहरुका अनुभवलाई आधार मान्ने हो भने हरेक हिउँदमा जाडो कम हुदै गैरहेको छ। हिउँ पनि कम पर्न थालेको छ। केहि दशक पहिला सेता देखिने हिमालहरु आजकाल हिउँदमा पनि काला देखिन थालेका छन। बढ्दो तापमानले हिमनदी र हिमताल विष्फोटनका घटना घट्न थालेका छन। तराईका रैथाने प्रकृतिका करेत र गोमन जस्ता बिषालु सर्पहरु पहाडमा देखिदै छन। अन्नबाली र फलफुल समय अगावै फल्न र फुल्न थालेको पाईन्छ।

नयाँ नयाँ रोगव्याधिहरु देखा पर्दै छन। सुर्यको परावैजनी किरणको असरले हुने छालाको क्यान्सर लगायतका रोगहरुको जोखिम बढ्दो छ। तापमान वृद्धिको कारण नेपाल जस्तो प्राकृतिक र भौगोलिक विविधताले सम्पन्न मुलुकमा बहुआयामिक असरहरु देखिनु कुनै अस्वाभाविक परिघटना होईन। जलवायू परिवर्तनको अनुकुलनका लागि हामिले गर्ने प्रयासले भुगोल अनुसारको फरक-फरक आवश्यकता उजागर गरेको छ।

Awareness by SKF

जलवायू परिवर्तनको मुख्य कारण कार्बन उत्सर्जन नै हो। औद्योगिक राष्ट्रहरुले ठुलो परिमाणमा कार्बन उत्सर्जन गरिरहदा नेपाल जस्ता बिकासशिल देशहरु जलबायू परिवर्तनका असरहरु संग जुध्न विवश छन। माल्दिभ्सले समुन्द्र मुनि बैठक बसेर जलबायू परिवर्तनको असरले निम्त्याउन सक्ने जोखिमको संदेश सिङ्गो विश्व समुदायलाई दिइसकेको छ। हिउँ पग्लिने दर बढ्दै जादा समुन्द्री किनाराका देशहरु पानी मुनि पर्ने संभावना अधिक रहन्छ।

नेपालको संदर्भमा तराईको जैविक विविधता क्रमिक रुपले पहाडमा र पहाडको जैविक विविधता क्रमिक रुपले हिमालमा सर्दै जाने निश्चित छ। तराईमा हुने आंप, कटहर, धान लगायतका फलफुल र खाद्यबालीहरु पहाडमा पनि फस्टाउदै जानेछन। सर्प, बाघ लगायतका जीवहरुको लागि बढ्दो तापमान वृद्धि संगै पहाड पनि उपयुक्त बासस्थान बन्न सक्नेछ। ठिक यसैगरी पहाडको जैविक विविधता हिमाल तर्फ सर्दै जादा हिमाली क्षेत्रको जैविक विविधता भने लोप हुने स्थितिमा पुग्ने छ।

हिन्दुकुश हिमालय यसै पनि सिङ्गो भारतबर्षको जीवनको आधार हो। संसारको २५% जनशंख्याको खाद्यान्न सहित पिउने पानीको आधार नै यहीँ हिम श्रीङ्खला हो। हिमालमा हिउँ नरहे हाम्रो तराई मरुभुमिमा रुपान्तरित हुनेछ। भारतको हरियाणा र पन्जाब जस्ता उच्च खाद्यान्न उत्पादन हुने क्षेत्रले सिन्चाई पाउदैन।

पाकिस्तान, अफगानिस्तान हुदै भुटान, बंगलादेश र म्यानमार जस्ता देशको कृषि उत्पादनको मुख्य आधार नै हाम्रो हिमाल हो। यो क्षेत्रको विकास र मानव बसोबासको निरन्तरताको लागि हामि जस्तै हिमाल पनि बाँच्नु आवश्यक छ।

COVID-19

समाधानका उपाय
बढ्दो तापमान वृद्धिलाई रोक्नु र जलवायू परिवर्तन उत्थानशील कार्यक्रम सन्चालन गर्नु आजको मुख्य आवश्यकता हो। जलवायू परिवर्तनको दोष मुल रुपले विकसित देशहरुमा जाने भए पनि हामिहरु हाम्रो जिम्मेवारीबाट पन्छिन कदापी मिल्दैन। सडकमा गुड्ने सवारी साधनको कारण भारतको नयाँ दिल्ली र नेपालको काठमान्डौ जस्ता शहरको वायू प्रदुषणको दर निकै उच्च छ।

कार्वनमोनोअक्साईड जस्ता हानिकारक ग्यास उत्सर्जनको कारण त्यसले हाम्रो वायू मन्डललाई नराम्रो संग प्रभावित गरिरहेको छ। सडक निर्माण लगायतका भौतिक संरचनाको निर्माण कार्यले नेपालमा गती लिइरहदा बनजंगल विनाश संगै पानीका मुहानहरु समेत क्रमिक रुपले हराउदैछन। यसर्थ घर भित्र चुल्हो देखि सार्वजनिक सवारी र कलकारखाना सम्म नबिकरणिय उर्जाको प्रयोगको सुनिश्चितता गर्नु आजको प्रधान आबश्यकता हो। सौर्य उर्जा र जलविद्युत नै हाम्रो संदर्भमा नविकरणिय उर्जाका मुख्य श्रोत हुन।

सहश्राब्दि विकास लक्ष्य-२०३० का लक्ष्यहरु पुरा गर्न पनि नेपालले बिलम्ब नगरी नबिकरणिय उर्जाका श्रोतहरुको प्रयोग वृद्धिको सुनिश्चितता गर्नु जरुरि छ। नेपाल आफैमा जलविद्युत उत्पादनको प्रचुर संभावना बोकेको मुलुक हो। नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रक्षेपण गरिएको छ। क्रमिक रुपले देशमा विद्युत उत्पादन बढिरहदा त्यसको अधिकतम प्रयोग देश भित्रै गर्ने बातावरणको सुनिश्चितता गरिनु पर्दछ।

हाम्रा चुल्होहरुबाट दाउरा र एलपि ग्यासलाई मात्र विस्थापन गर्न सकियो भने त्यसले देशको आर्थिक विकास संगै जलवायू परिवर्तनका असर न्युनिकरणमा उल्लेख्य भुमिका निर्वाह गर्न सकिन्छ। नेपालमा हरेक बर्ष पेट्रोलियम पदार्थको आयातमा ठुलो रकम विदेशिने गरेको छ। जस्को कारण व्यापार घाटा समेत कम हुन सकेको छैन। नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई सन्तुलित बनाउन समेत नविकरणिय उर्जाको प्रवर्धन गरिनु आवश्यक छ।

स्तम्भकार मुसिकोट नगरपालिका, वडा नं. १ वडाध्यक्ष हुनुहुन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया