गुल्मी, चैत्र २६: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज राजधानीमा राजावादीहरुले राजा आउ देश बचाउको आन्दोलन गर्ने मिति चैत २६ छानेकोमा आश्चर्य व्यक्त गरेका छन।
‘आन्दोलन गर्ने चैत्र २६ को दिन त प्रजातान्त्रिक शक्तिहरुको हो , हामीहरुले गर्ने आन्दोलनको क्यालेन्डर नै राजावादीहरुलाई पनि चाहिन थाले छ, मंगलार नेपाली कांग्रेस गुल्मीको तेश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सम्बोदन गर्दै नेता थापाले भने– ‘यहि हिम्मत भए राजाले कु गरेको दिन माघ १९ गते ठिक गरिए छ भन्दै राजावादीहरुले त्यो दिन आन्दोलनको मिति छान्न म सुझाव दिन्छु।’
पुर्वमन्त्री समेत रहेका प्रमुख अतिथी थापाले थपे, ‘गणतन्त्रको बिसौं बर्ष बित्दा पनि जनतामा असन्तुष्टी पक्कै छ, त्यही असन्तुष्टिको आगोमा केहि तप्काहरुले मट्टीतेल छर्की रहेको प्रति गम्भीर हुँदै लोकतान्त्रिक शक्तिले जनतालाई सुशासन दिने तर्फ जोड दिनै पर्छ।’
कार्यक्रमका विशेष अतिथी अर्का महामन्त्री विश्व प्रकाश शर्माले जिज्यु बाजे देखि पलाती खलाती सम्मको पुरुष राजा बन्ने राज संस्था जनतालाई नचाहिएको, गरिब किसानको छोरा र महिला पनि राष्ट्र प्रमुख बन्न पाउने यस्तै लोकतान्त्रिक गणतन्त्र चाहिएको स्पष्ट पारे।
जनतालाई कांग्रेसले कुनै सुविधा दिएन भन्नेहरुलाई आफुले कांग्रेस नेता गगनकुमार स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बिमा कार्यक्रम अगाडी सारेर सुविधा दिएको आफुले उदाहरण दिएको उनको भनाई थियो।
कार्यक्रममा केन्द्रिय सदस्यहरु डाक्टर मिनेन्द्र रिजाल, डाक्टर चन्द्र भण्डारी, चन्द्र केसी, गोपाल शिवाकोटी, उर्मिला थपलिया, सो पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायतका दर्जनौँ नेताहरुले मन्तव्य राखेका थिए।
यस अवसरमा गुल्मी कांग्रेसले शैक्षिक, सामाजिक र राजनैतिक क्षेत्रमा उत्कृष्ट नतिजा हाँसिल गर्ने र कृषि र अन्य उद्यमशिलताको क्षेत्रमा अनुकरणीय कार्य गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको थियो । उद्घाटन सत्रमा विभिन्न पार्टीका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
चैत्र २६ गते प्रजातन्त्र दिवसको अवसर पारेर ‘एकता, विकास समर्पण, समुन्नत गुल्मीका लागि कांग्रेसको प्रण’ भन्ने मुल नाराका साथ आयोजित तेश्रो जिल्ला सम्मेलनलाई जनताको प्रिय र पहिलो पार्टीका रुपमा स्थापित गर्ने गुल्मी काग्रेसले लक्ष्य लिएको छ। बुधबार बन्द सत्रबाट उक्त लक्ष्य पुरा गर्न विभिन्न योजना र कार्यक्रमहरु अगाडी सार्ने सो पार्टीले जनाएको छ।
आजको उद्घाटन सत्रमा सभापति खिलध्वज पन्थीको अध्यक्षता, उपसभापति अनन्तराम पौड्यालको स्वागत मन्तव्य र सचिव भगतसिंह खड्काको सञ्चालन रहेको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |