Awareness Campaign

शिक्षकका जायज मागहरु तत्काल सम्बोधन गर्न सरकार संग कंडेलको माग



ओझेलका खबर संवाददाता
१९ घण्टा अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-९ स्थित सितापुर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण कंडेलले शिक्षक महासंघले उठाएका शिक्षकका जायज मागहरु तत्काल सम्बोधन गर्न सरकार संग जोडदार माग गर्नुभएको छ।

केही दिन अगाडि देखि शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनको समर्थन गर्दै अध्यक्ष कंडेलले भन्नुभएको छ, ‘बर्षौँ अगाडि देखि उठाउदै आएका शैक्षिक मागहरू केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको समयमा नै समाधान गराउन सकिन्छ भन्ने विश्वासका साथ शिक्षकहरू आन्दोलनमा जुट्नुभएको छ। शिक्षक आन्दोलन लामो समय सम्म हुन दिनु हुँदैन। सरकारको ध्यान पुगोस। आन्दोलनबाट शिक्षकहरू गाउँ, घर र विद्यालय फर्किने वातावरण छिट्टै तयार गरौँ।’

उहाँले अध्यादेशबाट भन्दा तत्काल संसद बोलाएर शिक्षकका मागहरू सम्बोधन गर्न सकिने हो भने त्यस तर्फ सोच्न सरकार संग अनुरोध गर्न चाहेको पनि बताउनुभयो।

Forest
Forest
Ad.

शिक्षक महासंघले उठाएका जायज मागहरुलाई बार्ता मार्फत तत्काल समाधान दिन नेपाल सरकारसंग हार्दिक अपिल गर्दछु भन्दै अध्यक्ष कंडेल थप्नुहुन्छ, ‘शिक्षक लाई सम्मान दिऔँ। राज्य संयन्त्र जिम्मेवार बनौं, सरोकारवाला निकायले गम्भिरता देखाऔँ। शिक्षकहरू हरेकदिन अनुसन्धानमा समय बिताउने वातावरण मिलाऔँ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो