गुल्मी: नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले देशमा अब आर्थिक, सामाजिक रुपान्तरण जरुरी रहेको बताउनुभएको छ। शनिबार गुल्मीको मालिका गाउँपालिकामा माओवादी केन्द्रको सम्मेलनलाई सम्बोधन गर्दै नेता गुरुङले मुलुकमा राजनीतिक परिवर्तन पर्याप्त मात्रामा भएको र अब आर्थिक रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो।
‘नेपालमा आवश्यक राजनीतिक परिवर्तन भएको छ, अब नागरिकको आर्थिक जिवनस्तर उकास्नुपर्छ।’ नेता गुरुङले भन्नुभयो। उहाँले अब नागरिकको शिक्षा, स्वास्थ्य, रोजगार लगायतका आधारभूत आवश्यकता पुरा गर्दै समाजवादी क्रान्तिको यात्रामा अगाडी बढ्नुपर्ने समय आएको बताउनुभयो।
‘समाजवादी व्यवस्था निर्माण नहुँदासम्म संविधान निर्माणका बाँकी कार्यभार पुरा हुदैँनन्।’ उहाँले भन्नुभयो, ‘अबको यात्रा आर्थिक क्रान्ति हो।’ फरक प्रसङ्गमा नेता गुरुङले नेपालमा सबै प्रकारका कम्युनिष्टहरु एक हुने अभियानमा अगाडी बढेको र त्यसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको बताउनुभयो।
कार्यक्रममा बोल्दै विशेष अतिथि माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीले ल्याएको व्यवस्थामा अन्य तत्व हावी हुन खोजेकोले माओवादीहरु सजग हुनुपर्ने बेला आएको बताउनुभयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज सिर्जना तरामु,केन्द्रिय सदस्य निम बहादुर पाण्डे, अर्का केन्द्रिय सदस्य बिर बहादुर कार्की,लुम्बिनी प्रदेश स्तरिय नेताहरु क्रमश बुद्धि जिसी, देविराम अर्याल, अर्जुन बुढा मगर, भुपाल पोखरेल, अशोक थापा लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा जनवादी गायक झंकार बुढा मगर लगायतका कलाकारहरुले साँस्कृतिक प्रस्तुती पनि राख्नुभएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |