Hi-Speed Computer

Awareness Campaign

कुचो बेचेरै घर खर्च चलाउने गुल्मीकी हुमकला



टोपलाल अर्याल
३ दिन अगाडि


Awareness

Place for ads

गुल्मी: जिल्लाकाे गुल्मीदरबार गाउँपालिका–१ बलिथुमकी ६० वर्षीया हुमकला नेपालीले अम्रिसोका कुचो बेचेर परिवारको खर्च चलाउँदै आउनुभएको छ । उहाँले आफ्नै बारीमा अम्रिसो लगाउनुभएको छ ।

अम्रिसोको कुचो गाउँघरमा सरसफाइको गर्न प्रयोग गरिन्छ । गाउँका कसैले घाँसकै रूपमा पनि अम्रिसो प्रयोग गर्छन् । कुचो बनाएर बिक्री गर्न बर्सेनि तम्घासमा अम्रिसोको कुचो बोकेर आउनुहुन्छ । अम्रिसोको कुचो प्रतिगोटा ७० रुपियाँमा बिक्री भएको नेपालीले बताउनुभयो ।

अम्रिसो टिप्न, सुकाउन र बनाउन निकै मेहनत भए पनि आम्दानी राम्रो हुने गरेको छ । १८ वर्षदेखि भारतमा श्रीमान् बेखबर बनेपछि मेलापात र मौसमी व्यापारबाट परिवार चलाउँदै आएको नेपालीको भनाइ छ ।

Forest
Forest
Ad.

अम्रिसो बारी वा खर बारी जहाँ रोपे पनि हुन्छ । उहाँले राम्रो स्याहार वा खर्च नचाहिने भएकाले धेरै क्षेत्रफलमा रोप्न सकिने बताउनुभयो । आफ्नो जग्गा थोरै भएकाले धेरै लगाउन नमिल्ने भएकाले धेरै उत्पादन नभएको नेपालीले बताउनुभयो ।

“खाली बसेर के गर्ने जाँगर भए पैसा छ । कुचो बनाउन निकै मेहनत चाहिन्छ,”उहाँले भन्नुभयो,“धेरैले मन पराएर किन्ने भएकाले गाउँबाट बेच्न आउँछु । नेपाली गाउँबाट तम्घास आउन दुई घण्टा लाग्छ । त्यसैले हिँडेर आउन सम्भव नभएकाले गाडीमै आउनुपर्ने अवस्था छ ।

कुचो बेचेको पैसाले नुन तेल किनेर फर्किने गरेको नेपालीले बताउनुभयो । अम्रिसोको कुचो बलियो हुने भएकाले धेरैले किन्ने गरेका छन् । सदरमुकाम तम्घासमा नेपालीले ल्याएका दुई वटा कुचो किन्नु भएकाले मादने गाउँपालिका–१ अग्लुङ्गका काले खत्रीले जमनामा वन पाखाभर हुने अम्रिसो अहिले हराउँदै गएको बताउनुभयो ।

उहाँले आफूले सधैँ अम्रिसोकै कुचो प्रयोग गर्ने भएकाले कार्यालयलाई दुई वटा किनेको बताउनुभयो । खत्री जिल्ला खेलकुद विकास समितिको कार्यालय सहयोगी रहनुभएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →