Clean Water Campaign

Awareness Campaign

गर्भवती भैँसी बाँधेको गोठमा जब बैरीको नजर पर्‍यो



लालु प्रसाद गैरे
३ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: टिकटकबाट चर्चा कमाएका सनम विश्वकर्मा यतिबेला मर्माहत छन्। गत वैशाख १७ गते राति बागलुङको ताराखोला गाउँपालिका-१, भुस्कादस्थित भैंसी गोठमा आगो लागेदेखि उनका आँसु थामिएका छैनन्।

पोखरा लगेर सुखले पाल्छु भन्दा पनि तयार नभएकी आमाका लागि डेढ वर्षअघि किनिदिएको भैंसी ब्याउन एक महिना मात्रै बाँकी थियो । तर, ब्याउन ठीक्क परेको भैंसी बाँधिएको गोठमाथि सनमकै शब्द बैरीको आँखा लाग्यो।

आमाले साँझ भैंसीलाई घाँसपात गरेर घर फिरेपछि अचानक मध्यराति गोठमा आगो दन्कियो । आमा चिच्याउँदै, कराउँदै गोठतिर लम्किइन् । उनी पुग्दा गोठ पूरै आगोको लप्काले दनदनी बलिरहेको थियो ।

सिंचाई
Forest
Ad.

गाउँलेसँग गुहार लगाइन्, छिमेकीसँग रोइकराइ गरिन् । छिमेकी र गाउँले जुटेर निभाउँदा पनि गोठलाई आगोको लप्काले निलिसकेको थियो।

आगोले एक महिनापछि ब्याउन लागेको भैंसी दर्दनाक अवस्थामा पुग्ने गरी जल्यो ।

त्यही भैंसीको डेढ वर्षको पाडो गोठमै जलेर मर्‍यो । खरानी भइसकेको अवस्थामा पाडोको अवशेष गोठमा भेटिएको छ ।

‘गाउँले जुटेर आगो त निभाए तर आमाको मनमा लागेको आगोको राप निभाउन सकेको छैन’, स्तब्ध रहेका सनम भन्छन्, ‘जसले गोठमा आगो लगाएर हिरा रोपेर गए । आउनुस् तपाईंहरू यहाँबाट हिरा लानुस्, मलाई टुटाउन गरेको यो प्रयास मेरो हिम्मत बन्नेछ । मेरी आमाको आँखाबाट बगेको आँसुले तपाईंलाई पोल्नेछ । तपाईंको घरमा यस्तो नहोस् कहिल्यै ।’

Awareness by SKF

सनमले उक्त घटनापछि आधा दर्जन भिडियो टिकटकमा हालेका छन् । जहाँ उनलाई सहानुभूति दिनेको संख्या हजारौँ छ सनम आफैं पनि यो घटनादेखि विक्षिप्त छन् । डेढ वर्षअघि ऋण गरेर किनेको आमाको प्यारो भैंसी ब्याउन लाग्दा जलेर मरेपछि उनलाई असह्य पीडा भएको छ।

अर्कोचोटी कायर बनेर नहिँड्नुस् । सक्नु हुन्छ भने सिधासिधा भिडम्, मसँग रिसइबी भएमा’, सनम पीडामिश्रित स्वरमा भनिरहेका छन्, ‘मेरो गतिविधि गलत लागेमा सामुन्ने आउनुस्, तर यसरी कायर बनेर मलाई प्रहार नगर्नुस् । म आफूलाई सम्हाल्न सक्छु तर आँसुमा डुबेकी आमालाई सम्हाल्न सक्दिनँ । यो गोठको रापले नपोलोस् तिमीलाई ।’

उनले वैशाख १७ गते राति गाउँलेको सहयोगले भैंसीलाई त बचाए । तर ब्याउन लागेको भैंसीको शरीरको पूरै बाहिरी भाग आगोले जलिसकेको थियो । आगोमा जलेर दुवै आँखा गुमाइसकेको थियो।

सनमले बचाउन अनेक प्रयास गरे, गाउँमा उपलब्ध सबै उपचारको विधि अपनाए । तर बाहिरी भाग जलेर छाला पत्र पत्र भइसकेको भैंसीको भित्री अंगमा पनि गम्भीर असर परेकाले प्राण त्याग्यो, उनले हजार कोसिस गरे पनि बचाउन सकेनन् ।

सनम ले टिकटकमा भनेका छन यति राम्रो अनि, यति सुन्दर गाउँमा यति नराम्रो र घिन लाग्दो हर्कत गरिन्छ भन्ने मैले सोचेको पनि थिइनँ । यो चाहिँ तारा खोला गाउँपालिका वडा नम्बर १, भुस्कादमा रहेको मेरो घर’, उनी टिकटकमा इतिवृत्तान्त सुनाउँदै बिलौना गर्छन्, ‘मेरी आमा विगत केही समयदेखि कृषि पेशामा लाग्दै आउनु भएको थियो । उहाँले कृषिसँगै पशुपालन पनि गरिरहनु भएको थियो । मेरो घरमा एउटा डेढ वर्षको राँगो र ब्याउन लागेको एउटा भैंसी थियो । भैंसी बाँधेको यो गोठ जलेको होइन, जलाइएको हो ।’

सनमका अनुसार घरमा बिजुली जोडे पनि गोठमा लगिएको थिएन । ‘बिजुली सर्ट भएर गोठ जलेको भनौँ भने जोडेकै छैन। गोठमा ननिभाएको आगो सल्कियो भने खोले पानी तताउन कहिल्यै फुक्ने गरेको छैन’, उनले बिलौना गरे, ‘ब्याउन लागेको भैंसीको पीडा सहिननस्कुन थियो । उसको पीडा र आँसु देखेर मन थाम्न सकिनँ । मरेर दु:ख बिसायो । हामीसँग कहाली लाग्दो र दर्दनाक पीडा छ । भैंसीको आँखाबाट बगेको आँसु पक्कै लाग्ने छ । बडो विडम्बना जलेपछि न पानी पिउन सक्ने न घाँस खान सक्ने अवस्था थियो । मरेर यसले दु:ख बिसायो । पीडा त भएन अब ।’

उनले पहिले नै आमालाई ताराखोलाबाट पोखरा लैजान खोजेका थिए । तर गाउँमै रमाएर बसेकी आमा जान मानिनन् । ‘आमालाई मैले बारम्बार पोखरा लैजान खोज्दा यहीँ (ताराखोला) बस्छु भन्नु हुन्थ्यो । त्यही भएर मैले उहाँलाई भैंसी किनिदिएको थिएँ’, सनमले सुनाए, ‘जसको ऋण तिर्न सकेको छैन । गाउँले मिलेर गोठको आगो त निभायौँ । तर आमाको मनमा लागेको आगो कसरी निभाउनू ? आमाको आँखाबाट बगेको आँसु मैले थाम्न सकेको छैन । मेरी आमा र भैंसीको आँसुको बदला एक दिन लिनेछु । पानीमुनि गए पनि म छाड्दिनँ, मरणासन्न अवस्थामा फेला परेको भैंसी अब मरिसेकको छ। पाडो जन्माउन ठिक्क परेको भैंसीले अथाह पीडा भोग्यो । भैंसी ब्याउला र दहीदूध बेचेर गाउँमै केही आम्दानी गरौँला भन्ने सपना साँचेकी सनमकी आमाको सपना गोठसँगै अब खरानी भएको छ।

सनमले आफ्नो गोठमा मध्यराति कसैले आएर आगो झोसिदिएको ठानेका छन् । तर कसले, किन लगायो उनीसँग उत्तर छैन। आफूसँग रिसइबी भएका, झगडा परेका र बाझेका सबैजसो अनुहार सम्झिरहेका छन् तर कसैलाई दोषी करार गर्न सक्ने अवस्थामा छैनन्।

हाम्रो परिवारको गाउँका कोही कसैसँग झगडा र मनमुटाव भएको आजसम्म छैन’, उनी सुनाउँछन्,‘यसरी गोठमा आगो झोसेर दुष्मनी नै निकाल्ने गरी कसैको चित्त दुखाउने काम मैले र मेरी आमाले गरेका थिएनौँ । मसँग रिस उठेको भए मेरो अगाडि पोखेको भए पनि सहन सकिन्थ्यो । कसैगरी मन बुझाउने ठाउँ भेटेको छैन ।’

आगोमा जलेर गम्भीर घाइते भएको भैंसी २ दिनसम्म मर्नु न बाँच्नुको अवस्थामा रह्यो । शरीरमा बाहिरी छाला नजलेको कतै पनि बाँकी थिएन । दुवै आँखा जलेका थिए । मुख खेल्न सक्ने पनि अवस्था थिएन । घाँस-पानी केही खान नसक्ने अवस्थाकाले सनमको मन थामिएन । भैंसीको अवस्था हेर्दा बचाउन नसकिने भएपछि औषधिको सहयोगमा मर्न दिइएको सनमले बताए।

यो घटना टिकटक हुँदै भाइरल भएपछि नेपाल प्रहरीलाई गुहार लगाउने क्रम जारी छ । सनमले हालेका भिडियोमै नेपाल प्रहरीले दोषी खोजेर कारबाही गर्नुपर्ने माग उठिरहेको छ।

अहिले यस घटनामा बागलुङको प्रहरी प्रशासनको नजर परेको छ । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको स्थानीय जनप्रतिनिधि बताउँछन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो