Salime Malika Krishi Farm

Awareness Campaign

जून तारा साहित्य समाजले आयोजना गर्‍यो खुल्ला गजल प्रतियोगिता



भुवन काफ्ले
३ वर्ष अगाडि


Awareness

Place for ads

निरन्तर साहित्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जून तारा साहित्य समाज ले विभिन्न समयमा औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु गर्दै आएको छ।

यसै सन्दर्भमा नव श्रष्टालाई प्रोत्साहन र अग्रजलाई सम्मान गर्दै अनलाइन मार्फत खुल्ला गजल प्रतियोगिता-२०७९ सञ्चालन गरेको छ। गजलमा सहभागी भइ प्रथम,द्वितीय र तृतीय हुने ले क्रमशः रु.३००,रु.२०० र रु.१०० को रिचार्ज का साथै प्रमाणपत्र पाउनेछन् भने।उत्कृष्ट ५ जनालाई सम्मान पत्रले सम्मान गरिने छ।

गजल पठाउने समय २०७९ असोज १ गते देखि ४ गते राती १० बजे सम्म पठाउनु पर्नेछ भने त्यो भन्दा पछि आएको गजललाई मान्यता नदिने आयोजक जून तारा साहित्य समाजले जनाएको छ।

सिंचाई
Forest
Ad.

प्रतियोगी ले गजल पठाउदा आफ्नो नाम,ठेगाना,सम्पर्क नम्बर र एक प्रती पिपि साइजको फोटो पठाउनु पर्नेछ भने प्रतियोगी ले एक मात्र गजल नेपाली शुद्ध भाषामा लेखेर पठाउनु पर्ने छ।त्यस्तै दुई वटा गजल पठाएमा मान्यता दिइने छैन भने गजल जून तारा साहित्य समाजको म्यासेज बक्समा पठाउनु पर्ने छ।

यश कार्यक्रमा ओझेलका खबर मिडिया द्वारा सञ्चालित ओझेलका खबर डट कम र सल्यान परिवेश मिडिया पार्टनरको भुमिकामा रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया