Smoking Causes Cancer

वरिष्ठ साहित्यकार शशी पन्थी सम्मानित



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी, भदौ १५: गुल्मीका वरिष्ठ स्म साहित्यिक पत्रकार शशी पन्थी कभ्रेको एक संस्थाद्धारा सम्मानित हुनु भएको छ। पनौती स्थित साहित्यिक पत्रिकाले वरिष्ठ साहित्यिक पत्रकार पन्थीलाई कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान पत्र सहित उहाँलाई सम्मान गरिएको हो ।

त्यस संस्थाका कार्यक्रम संयोजक सुर्य प्रसाद लाकोजु र प्रमुख अतिथी वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काईला द्धारा हस्तक्षरित सम्मान पत्रमा पन्थीले गुल्मीको किरण पुस्ताकालय बाट प्रकाशित हुँदै आएको हाम्रो पुरुषार्थ साहित्यिक पत्रिकामार्फत नेपाली भाषा सहित्यको श्रीबृद्धीमा बिगत लामो समय देखि पन्थीले पुराउदै आएको योगदान अतुलनीय र उल्लेखनीय रहेको उल्लेख छ ।

प्रेरणादायी पन्थीको उच्च मुल्यांकन गर्दै सम्मन गरिएको सो संस्थाले जनाएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसको पुर्व क्याम्पस प्रमुख समेत रहनु भएका पन्थी हाम्रो पुरुषार्थ पत्रिकाको सम्पादक हुनुहुन्छ।

सिंचाई
Forest
Ad.

तम्घास निवासी पन्थीले २०३० साल देखि उक्त पत्रिका निरन्तर प्रकाशित गर्दै आउनु भएको छ। नेपाल प्रेस काउन्सिलले गरेको मूल्याकंनमा हाम्रो पुरुषार्थ नेपालको क बर्गको साहित्यक पत्रिकामा पर्दछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →