Smoking Causes Cancer

नीम र दहीको फेस प्याक बनाएर लगाउदा अनुहारमा भएका यस्ता समस्या हट्ने, यसरी प्रयोग गर्नुहोस्



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

नीममा एन्टीब्याक्टेरियल र एन्टीफंगल विशेषताहरू पाइन्छ। यसलाई हप्तामा ३ या चारपटक दहीसँग मिश्रण गरेर छालामा लगाउँदा धेरै समस्याहरू समाधान हुन्छ। यसका लागि दुई चम्चा नीमको पत्ताको पेस्टमा एक चम्चा दही मिश्रण गर्नुपर्छ। यसलाई फेस प्याक बनाएर लगाउँदा निम्न फाइदाहरू हुन्छन्:

१. छालामा चमक: नीम र दहीको फेस प्याकमा पर्याप्त मात्रामा भिटामिन र न्युट्रिएन्टस पाउन सकिन्छ। जसले छालाको कोषहरूलाई आवश्यक पोषण प्रदान गर्दछ। यसले छालामा चमक बढ्दछ।

२. ट्यानिङमा कमी: नीम र दहीको फेस प्याकले छालाको ड्यामेज भएका टिस्युहरूलाई मर्मत गर्दछ। यसले छालामा देखिएको ट्यानिङमा कमी आउँदछ।

सिंचाई
Forest
Ad.

३. पिम्पलको उपचार: नीम र दहीको फेस प्याकमा एन्टीब्याटेरियल विशेषता पनि हुन्छ। यसले तपाईंको छालामा रहेको ब्याक्टेरियालाई खतम गर्नुका साथै पिम्पलको समस्याबाट छुटकारा दिलाउँछ।

४. ब्ल्याक हेड गायब: नीम र दहीको फेस प्याकमा पाइने तत्त्वले छालालाई सफा गरेर ब्ल्याक हेडलाई गायब बनाउँछ।

५. दाग हटाउँछ: यसमा रहेको एन्टीसेप्टिक विशेषताले घाउलाई पनि ठिक गर्नुका साथै दागलाई हटाउन पनि मद्दत गर्छ।

६. सनस्क्रिनको काम: नीम र दहीको फेस प्याकमा पाइने तत्त्वहरूले सनस्क्रिनको रूपमा पनि काम गर्दछ। यसलाई हरेक दिन लगाउँदा सूर्यको अल्ट्रा भायलेट किरणबाट पनि छालालाई बचाउँछ।

Awareness by SKF

७. डार्क सर्कल कम गर्छ: हरेक दिन नीम र दहीको फेस प्याक लगाउने हो भने डार्क सर्कलको समस्याबाट यसले छुटकारा दिलाउँछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया