Clean Water Campaign

Awareness Campaign

पत्रकार महासंघ गुल्मीको निर्वाचन शुरु



शर्मिला चुँदारा
६ महिना अगाडि


Awareness

Place for ads

नेपाल पत्रकार महा संघ गुल्मीको निर्वाचन शुक्रबार सदरमुकाम तम्घासमा शुरु भएको छ ।

जेष्ठ सदस्यको हैसियतले यस ओझेलका खबर संचालक प्रेम सुनारले पहिलो मतदान गर्नु भएको छ । बिहान ११ बजे देखि शुरु भएको मतदान अहिले दिउँसो साढे १२ बजे सम्म जम्मा दुई मत खसेको निर्वाचन अधिकृत हिरा कुवरले जानकारी दिनुभयो ।

Forest
Forest
Ad.

काङ्ग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारी नेपालका पत्रकारहरुको संयुक्त प्यानल रहेको छ । सोहि प्यानलका अधिकाम्स मतदाता मतदान स्थलमा आई पुगेका छैनन । माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले उम्मेद्बारी दिएको छ । एकल बिचको संयुक्त प्यानल रहेको छ । जुन प्यानल बाट तिलाचन पाण्डे अध्यक्षको उमेदवार हुनुहुन्छ। संयुक्त प्यानल बाट अनिल खत्री अध्यक्षको उमेदवार हुनुहुन्छ । गत निर्वाचन देखि जिल्ला बाटै प्रदेश र केन्द्र सम्मका उमेदवारहरुलाई मतदान गर्ने व्यवस्था मिलाईएको छ ।

गुल्मीमा गत निर्वाचन सम्म ६३ जना सदस्य थिए । गत बर्ष नेपाल पत्रकार महासंघले सुदृढीकरण अभियान थाले पछि २५ सदस्यमा झरेको छ । जस मध्ये चौतारीका अजय खड्का बिदेश हुनुहुन्छ । चौतारी कै गङ्गा खड्का काठमाडौमा रहेकोले सहभागी नहुने जनाईएको छ । त्यस्तै प्रेस युनियनका तारा भुसाल पनि काठमाडौ भएकोले सहभागी हुन नसक्ने बताएका छ्न । चौतारीमा १० मत मध्ये ८ मत खस्ने देखिन्छ ।

युनियनका ८ मध्ये मत रहेको छ । उनिहरुको ७ मत खस्ने देखिन्छ ।
सेन्टरको ७ मत रहेको छ । उसको पुरै मत खस्ने सेन्टरका पुर्व इन्चार्ज घनश्याम खरेलले बताउनु भयो । दुबै पक्षले जित्ने दावी गरेका छ्न ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →