Awareness

साँचो प्रेम हो या आकर्षण मात्र भनेर कसरी थाहा पाउने?

जानकारी

Place for ads

हामी सबै कुनै न कुनै समयमा प्रेममा पर्छौं। जब यो भावना हाम्रो दिमागमा आउँदछ, हामी यो विश्वास गर्न थाल्छौं कि यहि प्रेम मात्र सत्य हो र अरु सबै कुरा झुटा हुन्। जब मानिषलाइ प्रेम हुन्छ तब ऊ आफ्ना सपनाहरु अरु कसैको सोच संग बाँड्न सुरु गर्छ। तर के यो नै हो त साँचो प्रेम?

केहि चीजहरू छन् जसलाई साँचो प्रेमको आधार मानिन्छ। यदि तपाईंको प्रेम सत्य हो भने तपाईंले यी चीजहरू कुनै न कुनै समय महसुस गरेको हुनुपर्छ र यदि तपाईंले त्यस्तो महसुस गर्नु भएको छैन भने अझै पनी समय छ। साँचो प्रेम कुनै पनि उमेरमा फेला पार्न सकिन्छ।

Get Vaccinated

– के तपाईंलाई यस्तो भएको छ कि, यदि तपाईं सडकमा एक्लै हिड्दै हुनुहुन्छ अनि तपाइंको दिमागमा मात्र त्यहि मान्छेको याद घुमिरहन्छ। तपाईका वरिपरि धेरै चीजहरू हुन्छन् तर तपाईको यादमा भने उही मान्छे मात्र आइ रहन्छ? यस्तो त्यहि अवस्थामा मात्र हुन्छ जव तपाईं कसैलाई साँचो प्रेम गर्नुहुन्छ।

– के तपाइँ आफ्नो मनपर्ने प्रेम गीत सुनेर मात्र उसैलाई याद गर्नुहुन्छ र तपाइँ लाग्छ कि गीतका प्रत्येक शब्द तपाइँलाई ध्यानमा राखेर लेखिएको छ? अनि आँखा चिम्लिएर उसलाई सम्झदै त्यो गीतका सब्दमा हराउनु हुन्छ? हो, साँचो प्रेम हुँदा अक्सर यस्तो हुने गर्छ। गीतका प्रत्येक सब्दमा आफ्नो सम्बन्ध कल्पना गरिन्छ अनि कहिले मुस्कुराउना थालिन्छ त कहिले आँशु झारिन्छ।

– के तपाईंलाइ त्यस व्यक्तिको हरेक खराब र बचकाना व्यवहार पनि मन पर्छ र उसका गल्तीहरूलाई पनि प्रेम गर्नुहुन्छ? आफुले प्रेम गरेको मान्छेको बचपना पनि मन पर्छ। उसले गरेका गल्तिहरु पनि आफुलाई प्यारो लाग्छ। यदि तपाईंलाइ पनि त्यस्तो हुन्छ भने पक्का तपाइंलाई साँचो प्रेम भएको छ।

– के तपाइँहरु बीच बहस भइ रहन्छ अनि अन्त्यमा सबै भुलेर सान्त हुनुहुन्छ? साँचो प्रेम गरेको मान्छे संग जति नोकझोक भएपनि केहीबेरमा सबै बिर्सिएर फेरी सामान्य हुनेगर्छ। प्रेम भएको सम्बन्धमा यस्ता मनमुटाव धेरै समय टिक्न सक्दैनन्।

Awareness by SKF

– के ऊ बाट केहि टाढा हुँदा तपाईं आफुलाई अधुरो महसुस गर्नु हुन्छ? चाहे तपाईं वरिपरी जतिसुकै मान्छे भएपनि तपाईंका नजर उसैलाई खोजि रहन्छन्? हो, साँचो प्रेम गरेको मान्छे संग केहीबेर टाढा हुँदा पनि बर्षौ बाट टाढा भए झैं महशुस हुन्छ। अनि कहिले ऊ संग नजिक हुने भनेर हतार भइ रहन्छ।

– के ऊ दुखि हुँदा तपाइँ पनि दुखि हुनुहुन्छ? अनि तपाईं चाहानुहुन्छ कि जे गरेर भएपनि उसको दुख मेटाउन पाए हुन्थ्यो भनेर?

– के तपाइंलाई आफ्नो प्रेममा पूर्ण भरोसा छ अनि तपाईलाई कुनै डर छैन कि, अब कुनै हालतमा ऊ टाढा हुन्छ भनेर?

– के तपाईं उसलाई खुशी राख्नको लागि आफ्नो अरु महत्वपुर्ण कुरापनि छोड्न सक्ने तागत राख्नुहुन्छ?

COVID-19

– के तपाईं उसको आँफु संग जति झगडा भएपनि कसैले उसको बारेमा केहि नराम्रो बोलेको तपाईं सुन्न सक्नुहुन्न?

– के अब तपाईं जे पनि गर्नुहुन्छ “हामि” भन्ने सोचेर गर्नुहुन्छ, के तपाइंले उसलाई पाएपछि “म” को भावना छोड्नु भएको छ?

– के तपाईंहरु कहिलेकाहिँ बाटोमा हिड्दा या अन्य ठाउँमा बस्दा हांसी मजाक गर्न थाल्नुहुन्छ अनि यो बिर्सनुहुन्छ कि तपाइँहरुलाई अरु मानिषले पनि देखि रहेका छन्?

– के तपाइंलाई अब कहीं पनि एक्लै हिड्न मन लाग्दैन? अनि एक्लै भएको बेला ऊ संग भएको भए भनेर आशा राख्नु हुन्छ?

– के अब तपाईंका नजिकका मान्छेले पनि यो सोध्ने थालेकी, बिहे कहिले गर्छु भनेर?

– के तपाइँ मनमनै यो सोच्नु हुन्छ कि, मैले मेरो पार्टनरको लागि सबै भन्दा राम्रो बन्नु पर्छ किनकि ऊ धेरै राम्रो डिजर्भ गर्छ भनेर?

यदि तपाइंलाई यी माथिका चिजहरु हुन्छन भने ढुक्क हुनुहोस्, तपाईलाई साँचो प्रेम भएको छ। तलको चित्रबाट पनि प्रष्ट हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *