Awareness

Musikot Mahotsav

चिसोबाट यसरी जोगिनुस्



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

काठमाडौं: जाडो हुँदा गाउँघरतिर आगो ताप्ने चलन छ। आगो ताप्नु नराम्रो हैन तर होसियार हुनुहोस्। ढोका बन्द गरेर आगो ताप्दा निस्सासिने डर हुन्छ भने आगलागीले ज्यान लिने खतरा उस्तै हुन्छ।

Forest
Forest
Ad.

जाडो लाग्दै छ। यो समयमा मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन। चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ। प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन्। तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडो हुने गरेको हुन्छ।

जाडोलाई लक्ष्य गरी सस्तादेखि महँगा सबै किसिमका कपडा आउन थालेका छन् । त्यस्तै हिटर, वाटरब्याग, एसीलगायत सामानको पनि व्यापार पनि उकालो लागेको छ । सामान्य फुटपाथदेखि सपिङ मलसम्म जाडो मौसममा लगाउने कपडा र प्रयोग गर्ने इलेक्ट्रिक सामानको व्यापार बढ्दै छ । यस्तो अवस्थामा कपडाले मात्र केही गर्दैन, चिसोबाट बच्ने अन्य उपाय पनि अपनाउनु राम्रो हुन्छ। हामीले यहाँ जाडोबाट बच्ने केही उपायबारे चर्चा गरेका छौं । अवश्य पनि ती उपाय तपाईंलाई उपयोगी हुन सक्छन्।

तातो खाना खानुहोस्
जाडोमा तातो खाना खाँदा त्यसले शरीरलाई फाइदा पुर्याउँछ नै । तातो खाना मात्र होइन, शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुन्छ । स्वादका लागि मात्र तातो खानेकुरा खानु राम्रो होइन । जाडोमा चिसो खाना खानुभयो भने तपाईंको स्वास्थ्यलाई बढी असर गर्न सक्छ।

अदुवा खानुहोस्
शरीरलाई गर्मी गराउने सबैभन्दा उत्तम उपाय अदुवा सेवन हो। यसले रुघाखोकीलगायतका चिसोबाट उब्जिने समस्या समाधान गर्छ । अदुवा चियामा हालेर होस् वा खानामा मसलाका रुपमा पनि प्रयोग गरेर सकिन्छ । जुनसुकै तरिकाबाट यसको सेवन गर्नाले चिसोबाट बच्न सकिन्छ । अधिकांश मानिसलाई चिसो मौसममा रुघाखोकीलगायत समस्या हुने गरेका छन्। अदुवालाई पोलेर पनि प्रयोगमा ल्याउन सकिन्छ।

शरीरमा तेल लगाउनुहोस्
तेलको मालिस शरीरलाई गरम गराइराख्ने उपयुक्त प्रविधि हो। विशेषगरी तिल, जैतुन र तोरीको तेल शरीरमा मालिस गर्दा त्यसले राम्रो गर्छ । तेल लगाएर मसाज गर्नाले चिसो लाग्नबाट जोगाउनुका साथै शरीरलाई न्यानो पनि बनाइराख्छ। मानिसले तातो बिहानको घाममा तेल लगाई मालिस गर्ने चलन पनि छ। जोडाबाट बच्न यो विधि पनि उपयुक्त हुन्छ । बिहानीको घाममा बस्दा पनि जाडोबाट सुरक्षित हुन सकिन्छ।

घाम अवश्य ताप्नुहोस्
घाममा भिटामिन डी पाइन्छ। जाडो याममा शरीर अल्छी हुन जान्छ। घाम ताप्नाले शरीरमा स्फूर्ति आउनुका साथै चिसोबाट पनि बचाउन मद्दत गर्दछ । त्यसैले जाडोमा घाम ताप्न नभुल्नुहोस्।

Awareness by SKF

मह सेवन गर्नुहोस्
जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाकारी छ । महमा आइरन पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। साथै तन्दुरुस्तीका लागि पनि मह फाइदाजनक छ।

कस्ता लुगा लगाउने?
जाडो याममा ऊनीका बाक्ला ज्याकेट लगाउनु राम्रो हुन्छ । सवारीसाधनमा हिँड्दा अथवा गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ। बजारमा अहिले विभिन्न मूल्यका ज्याकेट, हुक र कोट उपलब्ध छन्।

जाडोमा भुवायुक्त टिसर्ट, हाइनेक, लेदरको ज्याकेट पनि लगाउनु राम्रो हुन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया