Awareness Campaign

ग्याजेट चलाउँदा अपनाउनु पर्ने सावधानी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

मोबाइल, ट्याब्लेट, ल्यापटप जस्ता उपकरण अहिले धेरैका लागि अत्यावश्यक भइसकेका छन्। अफिस होस् वा घर; यस्ता उपकरण हरदम साथमै हुन्छन।

इन्टरनेटको सुविधा जोडिएपछि त स्मार्टफोन, कम्प्युटरलगायतका उपकरणमा हामीले बिताउने समय बढेको छ। बालबालिकादेखि पाका उमेरसम्मकाहरू यस्ता ग्याजेटमा अभ्यस्त छन्।

दैनिक कामका लागि मात्र होइन, आपसमा सम्पर्कमा रहन, सूचना आदानप्रदान तथा मनोरञ्जनका लागि समेत ग्याजेट महत्वपूर्ण बनेको छ। स्कूल, कलेज, अफिसमा मात्र नभई ओछ्यानमा आराम गर्दा समेत ग्याजेट चलाउने धेरैको बानी हुन्छ। मानिसले औसतमा दैनिक आठ घण्टा मोबाइल, कम्प्युटर, ट्याब लगायतका ग्याजेटको प्रयोग गर्ने विभिन्न अध्ययनले देखाएका छन्।

Forest
Forest
Ad.

दैनिक जीवनलाई सजिलो बनाएको ग्याजेट प्रयोगको असावधानीले स्वास्थ्यमा भने नकारात्मक असर पारिरहेको हाडजोर्नी विशेषज्ञ डा. लक्ष्मण रिजाल बताउँछन्। उनका अनुसार ग्याजेटको अधिक प्रयोगले हात, काँध, गर्धन तथा आँखामा समस्या आउँछ। “धेरैजसोमा औंला दुख्ने, सुन्निने, बाउँडिने, लाटो हुने तथा झमझम गर्ने समस्या देखिएको छ” डा. रिजाल भन्छन्, “अति नै भएपछि नाडी गल्ने, काँध तथा गर्धन दुख्ने पनि हुन्छ।” विश्वका विकसित देशहरूमा धेरै रहेको यस्तो समस्या नेपालीमा पनि बढ्न थालेको उनी बताउँछन्।

यसबाहेक अनिद्रा, टाउको दुख्ने, छटपटी हुने, ध्यान केन्द्रित नहुनेलगायतका मानसिक समस्या समेत हुने गर्छ। आँखा सुन्निने, रातो हुने, सुक्खा हुने तथा देख्ने क्षमता नै कम हुनेलगायतका समस्या समेत आउँछन्। इयरफोनको अतिसय प्रयोगले श्रवणशक्ति पनि कमजोर हुन्छ।

सतर्कता
मोबाइल फोन प्रयोगकर्तामध्ये करीब ८० प्रतिशतले सुत्दा पनि सिरानी नजिक राखेर सुत्ने गर्छन्। फोनलाई नै अलार्मको रुपमा पनि प्रयोग गरिन्छ। पल्टेर, मनलाग्दी बसेर, काखमा राखेर ग्याजेट प्रयोग गर्ने पनि धेरैको बानी हुन्छ।

ओछ्यानमा वा टाउको नजिक पर्ने गरेर मोबाइललगायतका ग्याजेट राख्नुहुँदैन। घरमा ग्याजेट प्रयोग गर्न टेबल, कुर्सीको व्यवस्था गर्नुपर्छ। ल्यापटप काखमा नराखी टेबलमा राखेर चलाउनुपर्छ। स्त्रि्कन आँखाको लेभल जत्तिकै उँचाइमा हुनुपर्छ। स्त्रि्कनमा हेरेर काम गरिरहँदा प्रत्येक २० मिनेटको फरकमा २० सेकेन्डसम्म २० फिट पर हेरेर आँखालाई आराम दिनुपर्छ। मोबाइल फोनलाई सर्टको गोजी, भाइब्रेसनमा राख्नुहुन्न। फोनमा कुरा गर्दा सकेसम्म स्थिर हुने प्रयास गर्नुपर्छ। यसो गर्नाले कम विकिरण प्रसार हुन्छ।

Awareness by SKF

कुप्रिएर, कुर्सीमा असहज तरिकाले बसेर यस्ता उपकरण चलाउँदा ढाड तथा गर्धनको समस्या आउँछ। भुईंमा होस् या कुर्सीमा ढाड सीधा पारेर बस्नुपर्छ।

“कुर्सीमा बसेर चलाउँदा बस्ने भागभन्दा घुँडा केही ओरालो परेको र पैताला भुईंमा फिंजिएको हुनुपर्छ” डा. रिजाल भन्छन्, “बसेर काम गर्दा पनि केही समयको फरकमा कुर्सीबाट उठेर केही कदम हिंड्नुपर्छ।”

स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने भएकोले आवश्यक परेको बेला बाहेक ग्याजेट नचलाउन डा. रिजालको सुझाव छ। ग्याजेट चलाएपछि तुरुन्तै सुत्न नहुने बताउँदै उनी भन्छन्, “सामान्य समस्यामा पनि विशेषज्ञको सल्लाह लिन ढिला गर्नुहुन्न, यसले बेलैमा समस्या समाधान गर्न मद्दत गर्छ।” हिमाल खबरमा यो जानकारी प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया