Hi-Speed Computer

Awareness Campaign

टाउको चुडिएको अवस्थामा फेला परेका विकको हत्या आफ्नै श्रीमतीले गरेको खुलासा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको निसीखोला गाउँपालिकाका तुलबहादुर विकको उनकै श्रीमतीले गरेको खुलेको छ।

बुधबार निसीखोला गाउँपालिकाको झिवाखोला नजिकै टाउको नभएको अवस्थामा मृत भेटिएका निसीखोला गाउँपालिका वडा नम्बर ५ कामीडेराका २४ वर्षीय विकको हत्या उनकै श्रीमती २३ वर्षीया कुमारी कामीले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए।

विकका श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको घन र रिचपटले हानी हत्या गरि टाउको काटेर घर नजिकै निसीखोलामा शव फालेको स्वीकार गरेको प्रहरी उपरिक्षक ज्ञवालीले बताए।

Forest
Forest
Ad.

यो पनि हेर्नुहोस्: बागलुङ शव प्रकरण: ढोरपाटन जनैपुर्णिमा मेला हेर्न गएका थिए तुल बहादुर

पर स्त्रीसँगको अनैतिक सम्बन्ध र मादक पदार्थ सेवन गरि आफुलाई वर्षौँदेखि कुटपिट गर्दै आएका श्रीमानको व्यवहारबाट आजित भएर उनले घनले टाउकोमा हानी बेहोस बनाएर खुकुरीले टाउँको काटेर हत्या गरेको प्रहरीसँग कुमारीले बयान दिएकी छिन्।

२०६३ सालमा विवाह गरेका तुलबहादुर र कुमारीका २ वर्षीया छोरी छन्। घरदेखि ७ किलोमिटर तल झिवाखोलामा विकको मृत शरिर भेट्टिए पनि टाउँको हालसम्म फेला परेको छैन।

कुमारीसँगै प्रहरीले उनकी १८ वर्षीया बहिनी मनिषा विकलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। भिनाजुको हत्यामा दिदीलाई सहयोग गरेको हुन सक्ने आशंकामा बहिनीलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको ज्ञवालीले बताए।

Awareness by SKF

यो पनि: नेपालकै सबैभन्दा अग्लो पुलबाट हामफालिन बागलुङकी प्रमिला

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया