Smoking Causes Cancer

अन्तिम दसैँ मनाएर ड्युटीमा फर्किएका प्रहरी निरीक्षक के.सी., जसको एक महिना नपुग्दै परिवार शव लिन गुल्मी आयो



ओझेलका खबर
६ घण्टा अगाडि


Place for ads

गुल्मी । मानिसका इच्छा, आकाङ्क्षा र सपनाहरू कति छोटो र अल्पायु हुन्छन् भन्ने कुराको कहालीलाग्दो उदाहरण बनेको छ प्रहरी निरीक्षक पर्वत कुमार के.सी.को असामयिक निधन। जिन्दगीको गोरेटोमा कहिले कस्तो मोड आउँछ र कसरी खुसीहरू पलभरमै खोसिएर जान्छन् भन्ने यो घटनाले फेरि एकपटक सबैलाई स्तब्ध र भावविह्वल बनाएको छ।

जिल्ला सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुमा पुर्ख्यौली घर भई बुबा राजकुमार खड्का र आमा तारादेवी खड्काको कोखबाट जन्मिनुभएका के.सी. तीन दाजुभाइ र तीन दिदीबहिनीसहित दाङको घोराहि उपमहानगरपालिका–१०, नारायणपुरमा बसाइँसराइ गरी आउनुभएको थियो।
परिवारजनका अनुसार उहाँ २०५५ सालमा नेपालगन्जबाट प्रहरी सहायक निरीक्षक पदमा नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो।

आफ्नो कर्तव्यपथमा सधैँ इमानदार र कटिबद्ध रहनुभएका उहाँ लामो समयदेखि नेपाल प्रहरीमा रहेर देश र जनताको सेवामा तल्लीन हुनुहुन्थ्यो।उहाँ गत एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय, गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत हुनुहुन्थ्यो।

सिंचाई
Forest
Ad.

कार्यालयमा मुद्दा फाँटको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँ अनुसन्धानमा गहिरो दखल राख्ने कर्तव्यनिष्ठ अधिकृतका रूपमा परिचित हुनुहुन्थ्यो।उहाँ गत एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय, गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत हुनुहुन्थ्यो।

कार्यालयमा मुद्दा फाँटको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँ अनुसन्धानमा गहिरो दखल राख्ने कर्तव्यनिष्ठ अधिकृतका रूपमा परिचित हुनुहुन्थ्यो। कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटी र प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माका अनुसार उहाँ अत्यन्तै कुशल र व्यावसायिक सहकर्मी हुनुहुन्थ्यो। परिबारका अनुसार उहाँ नेपालगन्जबाट २०५५ साल बैशाख ७ गते प्रहरी सहायक निरीक्षक ( असई ) पदमा नियुक्ति पाई प्रहरी सेवामा प्रवेश गर्नु भएको थियो ।

दसैँको बिदा मनाएर परिवारसँग खुसी साट्दै केही दिनअघि मात्रै झोला बोकेर उहाँ हँसिलो मुहारका साथ कार्यालयको मूल गेटभित्र छिर्नुभएको थियो। कसैले कल्पनासमेत गरेको थिएन कि त्यही गेटबाट उहाँ फेरि कहिल्यै नफर्कने गरी आफ्ना सहकर्मीहरूको आँसुबीच बाहिरिनुपर्नेछ।

२०८३ साल असोज ३० गते दिनभर उहाँ फिल्ड अधिकृतको ड्युटीमा खटिनुभएको थियो। तर, कात्तिक १ गते बिहान ०९:३० बजेसम्म पनि उहाँ नउठेपछि निवासको ढोका ढकढकाइएको थियो। भित्रबाट चुकुल लगाई बन्द रहेको र झ्यालसमेत बन्द रहेको अवस्थामा झ्यालको लक फोडेर हेर्दा उहाँ आफ्नै बिस्तारामा अचेत अवस्थामा फेला पर्नुभयो।

Awareness by SKF

तत्काल जिल्ला अस्पताल तम्घास पुर्‍याइए पनि चिकित्सकहरूले बिहान ११:०५ बजे उहाँलाई मृत घोषणा गरेका थिए ।  जिल्ला प्रहरी  कार्यालय बाट जारी विज्ञप्तिमा मृत्यु किन रोग- बिमारले भएको उल्लेख गरिएको छैन । डीएसपी विश्वकर्माका अनुसार प्रारम्भिक अनुसन्धानपछि शव मृतकका दाजु विनोद कुमार के.सी.लाई बुझाइएको थियो।

२०८३ साल असोज ३० गते दिनभर उहाँ फिल्ड अधिकृतको ड्युटीमा खटिनुभएको थियो। तर, कात्तिक १ गते बिहान ०९:३० बजेसम्म पनि उहाँ नउठेपछि निवासको ढोका ढकढकाइएको थियो। भित्रबाट चुकुल लगाई बन्द रहेको र झ्यालसमेत बन्द रहेको अवस्थामा झ्यालको लक फोडेर हेर्दा उहाँ आफ्नै बिस्तारामा अचेत अवस्थामा फेला पर्नुभयो।

तत्काल जिल्ला अस्पताल तम्घास पुर्‍याइए पनि चिकित्सकहरूले बिहान ११:०५ बजे ५१ बर्षिय उहाँलाई मृत घोषणा गरेका थिए । डिएसपी विश्वकर्माका अनुसार प्रारम्भिक अनुसन्धानपछि शव मृतकका दाजु विनोद कुमार के.सी.लाई बुझाइएको थियो ।दाजु विनोद कुमार के.सी.ले भाइको दाहसंस्कार दाङको घोराहीस्थित दुन्द्राघाटमा गर्ने गरी शव लिएर फर्किंदै गरेको बताउनुभयो।

जीवनको विडम्बना कस्तो हुन्छ भने, केही दिनअघिसम्म आफ्ना हाकिम र सहकर्मीलाई आफैँले सलाम ठोक्ने प्रहरी अधिकृतलाई आज तिनै हाकिम र सहकर्मीहरूले पार्थिव शरीरमा उल्टो सलामी दिनुपर्‍यो। पृष्ठभूमिमा बजिरहेको बिरहपूर्ण बिगुलको धुनले सहकर्मीहरूको थामिन नसकेको आँसुले सिङ्गो कार्यालय परिसर शोकमग्न बनेको थियो।

दाजु के.सी.का अनुसार दसैँ सकिनै लाग्दा भाइ बाबुआमालाई भेट्न दाङ जानुभएको थियो। त्यतिबेला भाइले दसैँमा घर आएको र तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन आउने इच्छा रहेको सुनाउनुभएको थियो। तर, दसैँमा घर आएपछि तिहारमा पालो पाउने कुरा भएन भन्ने उहाँको भनाइ थियो।

डीएसपी विश्वकर्माका अनुसार यसपालि प्रहरी अधिकृतहरूमध्ये उहाँको दसैँ बिदा पाउने पालो परेको थियो।करिब १५ दिन दसैँ बिदा मनाएर उहाँ ड्युटीमा फर्किनुभएको थियो। मृतकका दाजु विनोद कुमार के.सी.का अनुसार बाबुआमा दाङमै बस्दै आउनुभएको छ भने भाइ पर्वतको परिवार नेपालगन्ज–१ स्थित घरमा बस्दै आएको छ।

श्रीमती निकिता, स्नातक तहमा अध्ययनरत २२ वर्षीया छोरी अनिषा र कक्षा ६ मा पढ्ने १२ बर्षिय छोरा प्रनित लगायतका परिबारलाई भाइ सिकिस्त बिरामी परेको खबर आएपछि हामी उनकाई गुल्मी लिन जान लागेका छौ , यहि ल्याएर उपचागरौला भन्दै वास्तविकता लुकाएर आएको हौ , दाजु के.सी.ले भन्नुभयो, “ तर अहिले उनको शव लिएर फर्किंदै छौँ।”

मानिसको जीवन कुन मोडमा पुगेर टुङ्गिन्छ, कसैलाई थाहा हुँदैन। तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउने इच्छा बोकेर ड्युटीमा फर्किएका एक प्रहरी अधिकृतको जीवनयात्रा यसरी टुङ्गिएला भन्ने परिवारले कल्पनासमेत गरेको थिएन।

ओझेलमा परेका यस्तै मानवीय संवेदना र जीवनका कठोर यथार्थहरूले आज एउटा परिवार मात्र होइन, सिङ्गो प्रहरी संगठन र समाजलाई नै भावविह्वल बनाएको छ।

दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा यो असह्य पीडा सहन सक्ने शक्ति मिलोस्।

……..

प्रस्तुति : प्रेम सुनार

…..
पोस्ट मिति : २०८३ मंसिर २ गते

समय : दिउँसो  १.३० बजे
……
ओझेलका खबर — खबर भित्रको खबर
……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो