Awareness

बागलुङ शव प्रकरण: ढोरपाटन जनैपुर्णिमा मेला हेर्न गएका थिए तुल बहादुर

खबर

Place for ads

बागलुङ: बागलुङको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक सहितको टोली खटिएको छ।

निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको शव फेला परेपछि घटनाको विषयमा अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सहितको टोली खटिएको हो । विकको शव बुधबार टाउको चुडिएको अवस्थामा वडा नं. ४ स्थित झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा फेला परेको थियो।

Get Vaccinated

यो पनि: बागलुङको निसीखोलामा फेला परेको शवको ट्याटुबाट पहिचान

विकको हत्या वा अन्य केहि कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको उपरिक्षक ज्ञवालीले बताए । साथै वडा नं. ५ का ७ जना युवालाई आवश्यक सोधपुछका लागि ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा राखिएको थियो।

सोधपुछका लागि लगिएका युवाहरुलाई आवश्यक परेको खण्डमा उपस्थित गराउने सहमतमा वडा नं। ५ का वडा सदस्य भरतसिं सुनार र तारा विकको रोहवरमा छाडिएको ईन्पेक्टर राजेश कुमार शर्मा अधिकारीले बताए । विकको शव पोष्टमार्टम पछि आज आफन्तले बुझेका छन । पोष्टमार्टमको रिपोर्ट भने केहि दिनमा आउने प्रहरीले बताएको छ।

खोलामा माछा मार्न गएका स्थानियले बुधबार बिहान करिव १० वजेतिर खोलाको बिच भागमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृतक युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने स्थानियले आशंका गरेका छन्।

Awareness by SKF

र यो पनि: टाउको चुडिएको अवस्थाम निसीखोलामा युवाको शव फेला

उनी गत २६ गते ढारपाटन जनैपुर्णिमा मेला जाने भनि घरबाट निस्किएका थिए तर मेलामा भने उनलाई कतै नभेटिएको मेलामा गएकाहरुले बताएका छन् । जनैपुर्णिमा मेला बुधबार सकिएको थियो तर बुधबार नै विकको शव फेला परेको हो । उनका दाँया हातमा ट्याटु लेखिएकोले टाउको नभएपनि शव पहिचानमा सहज भएको वडा सदस्य सुनारले बताए। मृतक विकको १८ महिने छोरी र श्रीमती छन्।

1 thought on “बागलुङ शव प्रकरण: ढोरपाटन जनैपुर्णिमा मेला हेर्न गएका थिए तुल बहादुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *