Hi-Speed Computer

Awareness Campaign

नेपालकै सबैभन्दा अग्लो पुलबाट हामफालिन बागलुङकी प्रमिला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: पछिल्लो केही समयदेखि निकै तनावमा रहेकी थिइन्। बागलुङ नगरपालिका १४ बस्ने वर्ष ३३ की प्रमिला अखेली।

दुई नाबालिग छोरा र सासु ससुरासँग एकसाथ बस्दै आएकी प्रमिलाले मंगलबार आफन्त र बागलुङको कैयाबासीहरु सबैलाई रुवाएर बागलुङ कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट हाम्फालेर सँधैका लागि बिदा भइन् । बढेको काली गण्डकी नदीमा हाम्फालेकी प्रमिलाले पुलमा जानु अघि नै फेसबुकमा तस्विर पोस्ट गर्दै अन्तिम सोमबार भनेर लेखेकी छिन्।

साउन महिनामा माछा मासु बारेकी उनले साउनको अन्तिम दिन भने छोराहरुलाई मासु पकाएर खुवाएपछि आँफू बिदा भइन् । उक्त दिन प्रमिलाले मासु पकाएर छोराहरुलाई पेटभरी खानु समेत भनेको स्थानीयहरु बताउँछन्।

Forest
Forest
Ad.

प्रमिलाले भित्र भित्रै योजना बनाएर त्यो दिन मासु पकाएको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा रुँदै भनिन् । “यती राम्रा मुटुका टुक्राजस्ता छोरालाई छाडेर कसरी जान सकेकी” अर्की स्थानीयले रुँदै भनिन्, “अब ५/६ महिना पछि पोर्चुगल उड्ने तयारी थियो हे दैव यो तिमीले के गर्यौ।”

पछिल्लो केही समयदेखि सासु ससुराहरुसँग घरमा मन मुटाव भइरहेको अवस्था बीच तनावमा रहेकी प्रमिलाले यो कदम चाल्नु अघि नै एउटा नोट लेखेका प्रहरीले जनाएको छ। उनले ३ पाना लामो सुसाइड नोटमा देउरानी, पति र ससुराका बारेमा लेखेको प्रहरी बताउँछ । बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवालीका अनुसार अहिले पनि इन्सपेक्टरको कमाण्डमा शव खोज्ने काम भइरहेको छ।

प्रमिलाले बागलुङ कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट हामफाल्नु अगाडि चप्पल र सल समेत पुलमा छाडेको एसपी ज्ञवालीले जानकारी दिए। एसपी ज्ञवालीका अनुसार अहिले कालीगण्डी नदिमा खोज्ने काम भइरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया