Smoking Causes Cancer

बागलुङको निसीखोलामा फेला परेको शवको ट्याटुबाट पहिचान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङको निसीखोलामा बुधवार फेला परेको टाउको नभएको शवको पहिचान खुलेको छ । उक्त शव निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोला बजार नजिकै वडा नम्बर ५ कामीडेराका २४ वर्षीय तुलबहादुर विकको रहेको पुष्टी भएको हो ।

सुरुमा शव पत्ता लगाउन नसके पनि उनको हातमा रहेको ट्याटुको आधारमा विक नै हुन भन्ने पुष्टि भएको हो। उनको टाउको भने भेटिएको छैन । स्थानीयले विहान १० बजेतिर निसीखोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।

युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी टोली घटना स्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवालीले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

यो पनि: टाउको चुडिएको अवस्थाम निसीखोलामा युवाको शव फेला

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया