Salime Malika Krishi Farm

Awareness Campaign

यी कम्पनीहरुको शेयर किन्ने अन्तिम मौका आज



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: कम्पनीहरुले घोषणा गरेको नाफा पास गर्न साधारण सभा घोषणा गरेसँगै आज २ कम्पनीको बूक क्लोज हुने भएको छ। आइसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम मौका हो।

दुवै कम्पनीहरुले लाभांश तथा सधारण सभा प्रयोजनार्थ मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले आजसम्म नेप्सेमा कोरोबार भई कायम भएका शेयरधनीहरुले मात्रै दुवै कम्पनीको लाभांश तथा साधारण सभामा भाग लिन पाउनेछन्।

आईसीएफसी फाइनान्सले १८ औँ वार्षिक साधारण सभा पौष ५ गते बिहान १० बजे काठमाडौंमा बोलाएको छ। सभामा फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सिंचाई
Forest
Ad.

त्यस्तै, स्वाभिमान लघुवित्तले आफ्नो वार्षिक साधारण सभा पौष ८ गते बोलाएको छ। लघुवित्तको सभाले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.७० प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया