Awareness

Dhurkot

साताको सेयर बजार: ८१ अंकले बढ्यो नेप्से, ४ अर्ब ८५ करोडको कारोबार



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

काठमाडौँ: यो साता पनि सेयर बजारका लागि उत्साहपूर्ण नै रह्यो । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लिएको छ ।
साथै यो साता कारोबार रकम समेत बढोन्नती हुँदै ४ अर्ब ८५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यद्यपि, यस साता चार दिन मात्र सेयर कारोबार भएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले कारोबार हुन सकेन ।
अद्यपि, अघिल्लो हप्ता पाँचै कारोबार दिन खुलेको बजारमा ४ अर्ब ५३ करोड २६ लाख ८९ हजार ११३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यस्तै यो साता मार्केट क्यापिटलाइजेशन (सेयर पुँजीकरण) समेत १ खर्ब १९ अर्ब ३३ करोड ४० लाख रुपैयाँले बढ्दै २८ खर्ब ५८ अर्ब ६ करोड २० लाख रुपैयाँमा पुगेको छ ।
अघिल्लो साताको अन्तिम दिन यस्तो मार्केट क्यापिटलाइजेशन ५६ अर्ब २३ करोड ७० लाख ६६ हजार रुपैयाँले बढ्दै २७ खर्ब ३८ अर्ब ७२ करोड ८० लाखरुपैयाँ कायम भएको थियो ।
कुन दिन कतिले नेप्से घट/बढ भयो?
यस साता जम्मा चार दिन खुलेको बजारमा चारै दिन नेप्से सूचक सकारात्मक रह्यो । जेठ ७ गते अर्थात् मे २१ का दिन १८ सय ७७.३२ अंकबाट कारोबार भएको नेप्से सूचक सोही दिन ५.८९ अंकले बढ्दै १८ सय ८३.२० अंकको विन्दुमा उक्लियो ।
दोस्रो दिन थप ८.११ अंकले बढ्दै १८ सय ९१.३१ अंकको विन्दुमा उक्लिएको नेप्से सूचक तेस्रो र चौथो दिन क्रमशः ५१.३२ अंक र १६.४९ अंकले नेप्से बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लियो ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि वित्त बजार खुकुलो हुँदा ब्याजदर समेत घट्ने अपेक्षासहित बजार पुन बुलतर्फ अग्रसर भएको लगानीकर्ताहरुको अनुमान छ ।
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया