Smoking Causes Cancer

नेप्सेमा ५२ अंकको उछाल, कारोबार ९ अर्ब नाघ्यो



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

काठमाडौं: बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक ५२.३६ अंकले उकालो लाग्दै २६६५.४५ विन्दुमा पुगेको छ। यससँगै कारोबार रकम पनि बढेर ९ अर्ब २० करोड ३० लाख रुपैयाँ नाघेको छ।

आज १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर किनबेच भएको छ। १९६ कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ, भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबारमा सहभागी ३२२ कम्पनीको ९० हजार ६९६ पटक शेयर किनबेच भएको छ। तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, तर कुनै पनि कम्पनीको मूल्यमा नकारात्मक सर्किट देखिएन।

सिंचाई
Forest
Ad.

नेप्सेका सबै १३ समूहमा हरियाली छाएको छ। अन्य समूह ४.२४ प्रतिशतले बढेर २०९०.७४ विन्दुमा पुगेको छ। उत्पादन तथा प्रशोधन समूह ०.०८ प्रतिशतले मात्र वृद्धि भए पनि वाणिज्य बैंक १.३२ प्रतिशत, विकास बैंक २.७४ प्रतिशत, होटल तथा पर्यटन २.७१ प्रतिशत, र हाइड्रोपावर २.१२ प्रतिशतले बढेका छन्।

लगानी समूह ३.८२ प्रतिशतले अगाडि बढ्दा जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, र ट्रेडिङ समूह पनि सकारात्मक देखिएका छन्। बजारमा यस उछालसँगै लगानीकर्ताहरूको आकर्षण विशेषतः अन्य समूहमा देखिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो