Awareness

इन्टरनेट बिनाको बाल्यकाल, हेरौँ सामाजिक सञ्जालमा भाईरल तस्विरहरु

फोटो फिचर भाइरल खबर विज्ञान/प्रविधि

Place for ads

आजकल बालबालिकाले धेरै समय मोबाइलमा बिताएको पाइन्छ। अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल।

आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन्। जसले गर्दा बिस्तारै मोबाइल खेलाउने बालबालिकामा लत बस्न थाल्छ। अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन्। त्यस्का साथसाथै अहिलेका बालबालिकाहरु अनलाइन गेममा लामो समय बिताइरहेका हुन्छन्।

Get Vaccinated

अनलाइन गेमले गर्दा नै बालबालिकाहरू अल्लि क्रियटिभ पनि भएका छन् भने कतिपय बालबालिकाहरू यसको नकारात्मक असरमा पनि परेका छन्। दिनभर मोबाइलको स्क्रिनमा झुमिएको र एकोहोरो हेरिरहनाले कति केटाकेटीहरूमा आँखा सम्बधित समस्या तथा टाउको दुख्ने जस्ता रोगहरू पनि देखा परेको पाइन्छ।

हालको अवस्थामा अनलाइन गेमको क्रेज निकै नै बढेको पाइन्छ। किनभने, हरेकको हातमा मोबाइल हुनु र उनिहरूले मनोरञ्जनात्मक रूपमा समय कटाउनको लागि यो एउटा हालको समयमा निकैै प्रभावकारी साधन तथा माध्यमको रूपमा सावित भएको छ।

यसको कारणले गर्दा विभिन्न कम्पनीहरूले गेमको लागि भनेर नै छुट्टै फिचरहरू भएको मोबाइलहरू पनि बजारमा ल्याउन थालिसकेका छन्। जसले गर्दा केटाकेटीहरूको लक्ष्य पनि थपिएको छ।

कतिपय अनलाइन गेमहरूको लागि आफ्नो छुट्टै अकाउन्ट चाहिने गर्दछ। कतिले त यसको दशौँ लेवल पार गरि अकाउन्ट बेच्ने गरेको पनि पाइन्छ। यसले केटाकेटीहरूमा त केही नयाँ नौलो उत्सुकता पैदा गरेको पाइन्छ।

Awareness by SKF

भने अभिभावकहरू निकै नै चिन्तित रहेको पाइन्छ। दिनभर घरमा नै रहे पनि केटाकेटीहरू एकछिन फुर्सद भयो कि गेम खेल्न लाग्नुले उनिहरूको भविष्य प्रति केही नकारात्मक परिवर्तन पर्न सक्छ कि भन्ने प्रश्न उठ्न थालेको छ। अहिले सामाजिक सञ्जालमा इन्टरनेट बिनाको संसारका फोटाहरु भाइरल भइरहेका छन्।

हेरौँ सामाजिक सञ्जालमा भाइरल भएका केही तस्विरहरु:

COVID-19

*सबै तस्विरहरु सामाजिक सञ्जाल फेसबुकबाट साभार गरिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *