Place for ads

Awareness

सूचना प्रविधिको सदुपयाेग सम्बन्धी एकदिने तालिम सम्पन्न



सुमित्रा कंडेल
२ हप्ता अगाडि


Place for ads

पाल्पा, वैशाख ८: सूचना प्राविधिका साधनहरुको सकारात्मक उपयोग सम्बन्धि एकदिने तालिम तानसेन ८ को मदनपोखरामा सम्पन्न भएको छ।

कार्यक्रम मदनपोखरा सामुदायिक सिकाइ केन्द्र तानसेन ९ को आयोजनामा सम्पन्न भएको हो।

Get Vaccinated

सूचना प्रबिधिको परिचय, डिजिटल साधनले समाजमा पारेको सकारात्मक र नकारात्मक प्रभाव ,सूचना प्राबिधिका साधनहरु र िडभाइसहरु,सामाजिक संजाल,फाइदा,दुरुपयोग ,प्रयोग ,अनलाइन बित्तिय कारोबार लगायतका विषयमा प्रशिक्षक यादव परियारले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अथिती तानसेन ८ वडाध्यक्ष सोमनाथ अर्यालले अहिलेसम्म जानीनजानि सामाजिक संजालको प्रयोग गरिरहेको बताउदै आगामी दिनमा तालिममा सिकेका कुरा ब्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।साथै सहभागीहरुलाइ पनि तालिममा सिकेका कुरा ब्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो ।

तालिममा नागरिक समाज पाल्पाका सम्योजक बासुदेब अर्याल,बिमला बौडेलले नजानेका धेरै कुरा जान्ने अवसर मिलेको बताउनुभयो ।यस्ता कार्यक्रम वर्षमा २ पटक गर्ने हो भने अझै प्रभावकारि हुने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा सिकाइ केन्द्रका अध्यक्ष सन्तोष अर्यालले आजभोलि प्रायः नागरिक सामाजिक संजालको सहि उपयोग गर्न नजान्दा विभिन्न कठिनाइ भोग्नुपरेको अवस्थामा सिकाइ केन्द्रले यस्तो कार्यक्रम मार्फत नागरिक समक्ष जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो।साथै तालिममा सिकेका कुरा ब्यवहार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

Awareness by SKF

तालिममा तानसेन ८ भित्रका ३० भन्दा बढीको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन सिकाइ केन्द्रका परिचालक शारदा नेपालले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →