Smoking Causes Cancer

अनलाइनमार्फत गुल्मीकी एक महिलाबाट २६ लाख ठगी



प्रेम सुनार
७ महिना अगाडि


Place for ads

गुल्मी: पछिल्लो समय अनलाइनमार्फत विभिन्न प्रलोभन देखाई ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ। यसै क्रममा नेटवर्किङ बिजनेस मार्फत प्रशस्त कमाउन सकिने प्रलोभन देखाई गुल्मीकी एक महिलाबाट एक गिरोहले २६ लाखभन्दा बढी रकम ठगी गरेको समाचार प्राप्त भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारूले उपलब्ध गराएको विवरण अनुसार, नेटवर्किङ बिजनेसबाट राम्रो आम्दानी हुने प्रलोभन देखाई गुल्मीको धुर्कोट गाउँपालिका-३, हाडहाडे बस्ने (नाम गोप्य राखिएकी) एक महिलाबाट २६ लाख ९६ हजार ६५२ रुपैयाँ ठगी भएको उजुरी परेको छ।

उक्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा पर्सा जिल्ला, वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का २६ वर्षीय श्रवणकुमार पटेललाई काठमाडौँबाट पक्राउ गरेको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै, सोही ठगी गिरोहमा संलग्न कैलाली जिल्ला, लम्कीचुहा नगरपालिका-६ बस्ने ४७ वर्षीय विष्णुबहादुर रावललाई पुस १३ गते काठमाडौँबाट पक्राउ गरी आज जिल्ला अदालत गुल्मीमा पेस गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →