Clean Water Campaign

Awareness Campaign

गुल्मीमा यसरी सञ्चालित छ पहिलो प्रशोधित पानी उद्योग (फोटो फिचर)



प्रेम सुनार
८ महिना अगाडि


Awareness

Place for ads

प्रेम सुनार  
गुल्मी, पुस २०: अग्रेजी नयाँ वर्षको दिन पुस १७ गते देखि गुल्मीमा संचालनमा आएको रेसुङ्गा जल उद्योग प्रालि स्थानीय प्राकृतिक जलश्रोतबाट प्रशोधन भएको पहिलो प्रशोधित पानी उद्योगले यहाँका युवाहरुलाई उत्साहित गरेको छ।

मिनरल वाटरका रुपमा जिल्ला बाहिरबाट बर्षेनी करोडौँको पानी गुल्मीमा भित्रिदै आएको अवस्थामा जिल्ला भित्रै त्यो पनि ऐतिहासिक तपोभुभि तथा पवित्र धार्मिक क्षेत्र रेसुङ्गाको काखको रैथाने पानीको मुलबाट प्रशोधित पानी बिक्री वितरण सुरु गरे लगत्तै   स्थानीय बजार थेग्न मुस्किल परिरहेको उद्योग सञ्चालकहरुले बताएका छन।

सञ्चालकहरु मध्येका विश्वास पुनले जिल्ला बाहिरका ठुलो उद्यागी व्यवसायीहरुले यहाँको बजार ओगेटी सकेकोले स्थानीयवासीमा यहाँको रैथाने मुलको पानीलाई स्थापित गर्नु र गुणस्तरमा मन जित्दै जान सक्नु आफुहरुको चुनौती र अवसर दुवै भएको बताएका छन।

सिंचाई
Forest
Ad.

रेसुङ्गा अक्वा नामक शिल्ड प्याक पानीको बोत्तल अहिले एक लिटर र आधा लिटर बजारमा उपलब्ध छ। प्रति लिटर २० रुपैयाँ खुद्रा मुल्य रहेको छ।  यो उद्योग रेसुङ्गा जल प्रालिको नामबाट सञ्चालित छ ।

चिनियाँ अत्याधुनिक नयाँ स्वचालित प्रविधिबाट उत्पादन हुने पानीको मुहान रेसुङ्गा नगरपालिका-३ को रेसुङ्गा वनको पुछार सेतीखोला किनारको कलकल बग्ने झरनामा अवस्थित छ। त्यस पानीको मुलबाट करिब १७०० मिटर तल लाम्खेत फाँटमा फ्याक्ट्री रहेको छ।

पाईप मार्फत पहिलो चरणमा ५ हजार लिटर ट्याङ्कीमा सञ्चित हुन्छ। त्यस पछि तीन चरणको फिल्टरिङ प्रोशेस सुरु हुन्छ। त्यहाँबाट आरओ प्रविधिमा पुगेको पानी भित्री एसएस ट्याङ्कीमा जम्मा हुन्छ र त्यहाँबाट युभी प्रविधि हुँदै पानी बोत्तलमा प्याकिङ हुन सुरु हुन्छ।

प्रतिघण्टा कुल २ हजार लिटर उ‌त्पादन क्षमताको उक्त फ्याक्ट्रीमा हाललाई ८ सय देखि एक हजार लिटर उत्पादन भई रहेको त्यस प्रालिका प्रबन्ध निर्देशक तथा फोकल पर्सन इन्जिनियर राम पन्थीले जानकारी दिए।

Awareness by SKF

करिब २ करोड लागतमा सञ्चालनमा आएको उक्त पानी उद्योग एउटै उमेर, एउटै पालिका र एउटै ब्याचमा अध्ययन गरेका तीन जना युवाहरु रहेका छन।

रेसुङ्गा नगरपालिका-३ का युवा पेशाले सिविल इन्जिनियर सन्तोष कुँवर, सोही पालिका-२, छापटोलाका विश्वास पुन र वडा नम्बर-६, चेक्मिका इन्जिनियर राम पन्थीले तम्घास कै रिडर्श पब्लिक हाईस्कुलमा एसएलसी उतिर्ण गरेका थिए।

उनिहरु मध्ये कोहि पनि बिदेश ताकेनन् , स्वदेश मै, त्यसमा पनि गाउँ कै प्राकृतिक श्रोत साधनबाट कुनै न कुनै प्रकारको नयाँ काम गरेर देखाउने आफुहरु तीन जनाको सामुहिक सोच रहेको, अहिले फ्याक्ट्री संचालक समिति अध्यक्षको जिम्मेवारी सम्हालेका सन्तोष कुवरले भने – त्यही क्रममा प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको काखमा अबस्थित रैथाने मुलको पानी उधोग संचालन गर्ने निर्णय लिईएको त्यसका लागि करिव ४ बर्ष अध्यान अनुसन्धान र सिकाईमा समय खर्चिएको छ।

रेसुङ्गा नगरपालिका-३ का वडाध्यक्ष बाबुराम खत्रीले यस उद्योगलाई आफुहरुले निकै उत्साहपुर्वक रुपमा लिएको बताए। युवाहरु बिदेशिने क्रमले निरास भईरहेको बेला यहाँका युवाहरुले स्वदेशकै साधान श्रोतबाट पानी उद्योग खोलेकोले आफुहरुले उनिहरुलाई हरप्रकारको सहयोग गर्न तयारी भएको उनको भनाई छ।

यस उद्योगमा सुरुमै १५ जना युवाहरुले रोजगार पाएका छन । ति मध्ये दुई जना बिदेश गएर फर्किएको र स्वेशमै रोजगार भएकोले खुशी ब्यक्त गरेका छन । त्यस्तै स्थानीय ७४ बर्षीय बृद्धा नन्दराम भण्डारीले भने – त्यस मुलको पानी परापुर्वकाल देखि आफुहरुले पिउँदै आएको र बाटा हिड्ने मानिसले पनि एक नम्बर चिसो र मिठो पानीका रुपमा रुचाउँदै आएको र अहिले यहि मुलको पानीको उधोग खुलेकोले हामी असाध्यै खुशी छौँ।

रेसुङ्गा धार्मिक क्षेत्रमा पिउने पानीको भगवान श्रीराम संग जोडिएको ईतिहास छ। राजा दशरथलाई सन्तान लाभ नभए पछि अयोध्यामा रेसुङ्गाका तपस्वी ऋषिश्रृगेलाई बोलार महायज्ञ लगाए पछि उनलाई श्रीराम लगायतका सन्तान लाभ भएको र त्यही प्रभावबाट श्रीराम लक्ष्मण भरत लगायत रेसुङ्गामा ऋषिश्रृगेलाई भेटन आएको , त्यस बेला ऋषिश्रृगेले पानीको अभाव भएको बताए पछि रामले बाण हानेर पानीको कुवा अर्थात मुल फुटेकोले यहाँको पानीलाई अमुत जल पनि भन्ने गरिएको किमदन्ती पाईन्छ ।

यसर्थ पनि यहाँको पानीको धार्मिक महिमा छ । यस धार्मिक क्षेत्रको चारैतिरको पानीको मुललाई स्थानीयले उपभोग गर्दै आईरहेका छ्न । यहि धार्मिक क्षेत्रको अर्को पानीको मुलमा रेसुङ्गा नगरपालिकाले मझेङ्ग बृहत खानेपानी योजनाको काम सुरु गरेको छ । यसैको कोखमा अर्को मुलबाट प्रशोधित पानी उद्योग सञ्चालनमा आए पछि रेसुङ्गा नगरपालिकाले उद्योगीहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको संचालकहरुले बताएका छ्न।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →