Awareness Campaign

चेक रिपब्लिकको प्रागमा दशैँ-तिहारको अवसरमा देउसी-भैलो कार्यक्रम, राष्ट्रिय सभा सदस्यद्वारा उद्घाटन



ओझेलका खबर संवाददाता
२ हप्ता अगाडि


Awareness

Place for ads

प्राग (चेक रिपब्लिक): दशैँ र तिहारको बीचको सांस्कृतिक माहोललाई थप उल्लासमय बनाउँदै चेक रिपब्लिकको राजधानी प्रागस्थित लुम्बिनी रेस्टुरेन्टमा नेपाली मनहरूले भव्य देउसी-भैलो कार्यक्रम आयोजना गरेका छन्।

चेक रिपब्लिकमा बसोबास गर्ने नेपाली समुदायको सक्रियतामा आयोजित यस विशेष कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माननीय विष्णु कुमारी सापकोटाले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता चेक रिपब्लिकका निवर्तमान अध्यक्ष बैकुण्ठ रायमाझीले गर्नुभएको थियो।

सिंचाई
Forest
Ad.

गैर-आवासीय नेपाली संघ (एनआरएनए) युरोपका संयोजक डा. चिरञ्जीवी खड्काले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन एनआरएनए केन्द्रिय सदस्य ग्रीस कँडेलले गर्नुभएको थियो।

कार्यक्रममा पूर्व एनआरएनए अध्यक्ष छत्र अधिकारी, डा. यादुराम पन्थी लगायत थुप्रै बौद्धिक व्यक्तित्वहरूको उपस्थितिमा सोरठी, देउसी भैलो, पन्चेबाजा र झाउरे गीतहरूको प्रस्तुतिले नेपालकै झल्को दिएको थियो।

परदेशमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्धनका लागि गरिएको यो कार्य अत्यन्तै प्रशंसनीय र अनुकरणीय रहेको सहभागीहरूले बताएका छन्।

Awareness by SKF

कार्यक्रमका आयोजकहरूले लुम्बिनी रेस्टुरेन्ट प्रागमा आयोजित अत्यन्तै रमाइलो र सांस्कृतिक महत्त्वको यस कार्यक्रममा सहभागी हुने प्रमुख अतिथि, विशेष अतिथि तथा सबै सहभागी महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रमले चेक रिपब्लिकमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा भेला गराई नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्न र नेपालीपनको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न ठूलो भूमिका खेल्छ। यसरी हजारौँ माइल टाढा रहेर पनि आफ्नो संस्कृतिप्रतिको लगाव र समर्पणले गर्दा यो पहललाई साँच्चिकै उत्कृष्ट उदाहरण को रूपमा लिइएको छ। लुम्बिनी रेस्टुरेन्टमा उपस्थित सबैले यस कार्यको उच्च मूल्याङ्कन गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो