गुल्मी, जेठ ३२ । नेकपा एमाले गुल्मीका नवनिर्वाचित अध्यक्ष बालसिंह काउछा सर्वसम्मत अध्यक्ष भएको सो पार्टीका सचिव गोकर्ण बिष्टले बताएका छन । नेकपा एमाले गुल्मीको १२ जिल्ला अधिवेशनका शुक्रबार समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेता बिष्टले यस्तो बताएका हुन ।
सर्वसम्मत नेतृत्व चयनको अन्तिममा आएर उहाँलाई प्रतिस्पधी उमेदवार हिरा एसी सहितका उमेदवारहरुले अधयक्षमा काउछालाई सर्वसम्मत स्वीकार गरिएकै हो । तर पछि के कुरामा मिलेन र मदतान प्रकृयामा जानु प¥यो नेता बिष्टले भने मतदानबाट विजयी मात्रै होईन उहाँ सर्वसम्मत अध्यक्ष नै हो ।
अध्यक्ष पदमा काउछा सबै भन्दा लोकप्रिय मत लिएर विजयी भएका छन । त्यस्तै उपाध्यक्षमा जिवन खरेल , सचिवमा धर्म बिश्वकर्मा ,उपसचिवमा चक्रबन्धु भुसाल पनि प्रतिस्पर्धी भन्दा निकै फराकिलो मतात्तरले विजयी भएका छन । महिला उपसचिवमा लक्ष्मीदेवि पन्थ निर्विरोध निािर्चत भएकी छ्न ।
अध्यक्ष काउछाले ३८४ मत ल्याउँदा प्रतिस्पर्धी हिरा एसीले २०२ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा खरेलले ३४८ मत ल्याउँदा प्रतिस्पर्धी गणेश श्रीपालीले २१४ मत ल्याएका थिए । त्यस्तै सचिवमा बिश्वकर्माले ३१७ मत ल्याउँदा प्रतिस्पर्धी पदम अर्यालले १९० मत प्राप्त गरेका थिए ।
त्यस्तै उपसचिवमा भुसालले ३४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी ओम कार्कीले २१६ मत ल्याएका थिए । अध्यक्ष काउछा पछि दोश्रो लोकप्रिय मत युवा कलस्टरबाट ३० बर्षिय युवा कपुर घिमिरेल ३६२ मत प्राप्त गरेका छन ।
पदाधिकारी सहित कुल १०३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको शुक्रबार सदरमुकाम तम्घासमा आयोजित १२ औं जिल्ला अधिवेशन समापन समारोहमा प्रमुख निर्वाचन अधिकृत अधिबक्ता गोपाल खनालले घोषणा गरेका थिए ।
समापन समारोहमा अध्यक्ष पदका उपविजेता बनेका हिरा एसी निर्वाचित अध्यक्ष काउछाको कोखमै बसेर मिठासपुर्ण सम्वाद गरिरहेका थिए । उपविजेता अन्य पदाधिकारीमा पनि निरासा देखिदैन्थ्यो । त्यो दृश्यले नेकपा एमाले गुल्मी मदतानमा स्वस्थ्य प्रतिस्पर्धा पछि पार्टी एकताको पुरानै लयमा फर्केको भन्ने सन्देश दिएको थियो ।
मन्तब्यका क्रममा उपविजेता एसीले पनि त्यही सन्देश प्रवाह गर्दै काउछा नेतृत्वको जिल्ला कार्य समितलाई पहिला जस्तै गरेर पार्टी काम र अभियानमा खटने प्रतिबद्धता जनाएका थिए ।
नवनिर्वाचित अध्यक्ष काउछाले पनि उपविजता सार्थीहरुलाई भुमिकाविहिन नपारी पार्टीलाई एक ढिक्का बनाउने र मिशन चौरासी सफल पार्ने उद्घोष गरेका थिए ।
समापन समारोहको अध्यक्षता गरिरहेका सो पार्टीका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज सुर्य थापाले निर्वाचित कार्य समितिलाई बधाई दिदै सफलता मिलोस भन्ने शुभकामना दिएका थिए ।
जेठ २९ गतेका दिन उपमहासचिव प्रदिप ज्ञवालीद्धारा उदघाटन गरिएको अधिवेशनको तिन दिन सम्म नेताहरुले सर्वसम्मत नेतृत्व चयनका लागि घनिभुत प्रयास गरेका थिए । तर सफल हुन ननसकी मतदान भएको हो ।
उक्त समारोहमा नेकपा एकिकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष चन्द्र सुनारको नेतृत्वमा दर्जन बढि कार्यकर्ता सो पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।
सुनार एमाले पुर्व जिल्ला कमिटी सदस्य थिए । त्यस्तै एकिकृत समाजवादी पार्टीकी केन्द्रिय परिषद सदस्य तथा प्रदेश कमिटी सदस्य निर्मला राउत , जिल्ला कमिटी सचिवालय सदस्यद्धयः लक्ष्मण सुनार र रेशम पाण्डे पनि एमालेमा प्रवेश गरेका छन ।
समापन समारोहमा पुर्व सांसद तथा एमाले केन्द्रिय सल्लाकार समित सदस्य कमल राज श्रेष्ठ , पुर्व अध्यक्षहरु , पुर्वपदाधिकारीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकरण युवा नेता राजेन्द्र अर्यालले गरेका थिए
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |