Awareness Campaign

परदेशीका कथाव्यथाहरु समेटेर तयार पारिएको ‘परदेशीको भैलो’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: नजिकिँदै गरेको महान पर्व तिहारको अवसरमा परदेशी भैलो सार्वजनिक गरिएको छ। उक्त भिडियो मुसिकोट न्यूज युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

यस गीतका शब्द रचना गर्ने संकृतिप्रेमी हेमनाथ खरालका अनुसार एघारौँ शताब्दीमा तत्कालीन मौरात राज्यको राजधानी रिडीमा जन्मेकी राजकुमारी जो सोरह बर्षको उमेरमा रानि भइन् उनको नाम सोरठी भनेर प्रसिद्ध भयो। सरस्वतीको वरदान प्राप्त उनी कालान्तरमा सर्जक बनिन्।

समाजका सबैखाले रुढिवादी प्रवृत्ति र घटिया सोंच अनी कुप्रथाहरु विरुद्ध गीत गाउन शुरु गरिन् उनका गित र भाकाहरुलाई सोरठी नै भनियो। यद्यपि सतिप्रथा विरुद्ध गाइने सतिघाटु पनि उनैले शृजना गरेको गीत भनेर सुन्न पाइन्छ।

Forest
Forest
Ad.

खराल भन्नुहुन्छ, ‘उनै सुनैसुनको दरबार बनाउने मौरातकालिन एकमात्र महारानी सोरठीको सम्झनामा मैले संस्मरण लेखेँ। केहि सोरठी र भैलो गीतहरु लेख्दै आएको छु। यसपटक सामान्य भैलोगीत लिएर आएका छौँ। भिडियो हेरेर सुझाव सल्लाह र प्रश्न पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछु।’

नुम रायमाझी, मोहन सापकोटा र हेमनाथ खरालको स्वर रहेको यस गीतको एरेन्ज चर्चित लोकगायक रामचन्द्र चन्दको रहेको छ। यसमा लय/शब्द हेमनाथ खरालको रहेको छ।

परदेशीका कथाव्यथाहरु समेटेर तयार पारिएको यस भैलोको महत्वपूर्ण भाग ओरिजिनल भिडियो सहित Gyaneshwor Sapkota युट्युबमा पर्सी धनतेरस पारेर काग तिहारको साँझ आउने छ भने मुसिकोट न्यूज युट्युब च्यानलबाट एक टुक्रा हाम्रो सिर्जना हजुरहरुलाई पस्कने जमर्को गरेका छौँ।

भिडियो हेर्नुहोस्:

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया