Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटमा भोलि बृहत् ‘गुरु सम्मान’ कार्यक्रम हुँदै, विशिष्ट व्यक्तित्व र चर्चित कलाकारहरूको जमघट



ओझेलका खबर संवाददाता
७ मिनेट अगाडि


Awareness

Place for ads

मुसिकोट, गुल्मी (वैशाख ११): समाजमा घट्दै गइरहेको अग्रज र गुरुवर्गप्रतिको सम्मान भावलाई पुनर्जागृत गर्ने उद्देश्यका साथ गुल्मीको मुसिकोट नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा भोलि (वैशाख १२ गते) ‘गुरु सम्मान, अनुभव आदानप्रदान तथा पदयात्रा’ कार्यक्रम भव्य रूपमा आयोजना हुँदैछ। पूर्व विद्यार्थी बैकुण्ठ रायमाझीको आयोजनामा हुन लागेको यस ऐतिहासिक कार्यक्रमलाई सफल पार्न विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र चर्चित कलाकारहरू गुल्मी आउने क्रम सुरु भएको छ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा सहभागी हुन त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा. डा. जीवलाल सापकोटा काठमाडौँदेखि आउँदै हुनुहुन्छ। प्रा. डा. सापकोटा वामी-विश्व सम्पर्क मञ्च, समन्वय समितिका वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ।

सिंचाई
Forest
Ad.

त्यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिको रूपमा राष्ट्रिय सभा सदस्य माननीय विष्णु कुमारी सापकोटाले आसन ग्रहण गर्ने तय भएको छ। विशिष्ट अतिथिकै रूपमा चितवन निवासी चर्चित समाजसेवी शारदा शर्मा पौडेलको पनि गरिमामय उपस्थिति रहनेछ। आफ्नो जीवनको ऊर्जाशील समय शैक्षिक तथा सामाजिक क्षेत्रमा समर्पित गर्नुभएकी समाजसेवी पौडेलको नामबाट गुल्मीको वामी मैदानस्थित श्री शारदा विद्या मन्दिर, शान्तिपुर लगायत अन्य विभिन्न ठाउँहरूमा विद्यालयहरू सञ्चालित छन्। उहाँ वामी-विश्व सम्पर्क मञ्च, समन्वय समितिकी उपाध्यक्ष पनि हुनुहुन्छ।

म्युजिक भिडियोको प्रत्यक्ष छायांकन हुने

यस कार्यक्रमको अर्को मुख्य आकर्षण भनेको गुरु सम्मानकै लागि तयार पारिएको विशेष गीतको म्युजिक भिडियो छायांकन हो। कार्यक्रमस्थलबाटै उक्त म्युजिक भिडियोको लाइभ सुटिङ गरिने आयोजकले जनाएको छ। भिडियो छायांकनका लागि काठमाडौँबाट क्यामेराम्यान विजय महर्जन हिँडिसक्नुभएको र आज साँझसम्म कार्यक्रम स्थलमा पुगिसक्ने स्रोतले जनाएको छ।

Awareness by SKF

कलाकारहरूको सांगीतिक प्रस्तुतिले माहोल तताउने

औपचारिक सम्मान र अनुभव आदानप्रदानसँगै कार्यक्रम सांगीतिक रूपमा पनि अत्यन्तै रोमाञ्चक हुनेछ। गुल्मीको शान भनेर चिनिने चर्चित लोकगायक रामचन्द्र चन्दको विशेष उपस्थिति र सांगीतिक प्रस्तुति रहने बताइएको छ।

कार्यक्रमको अन्त्यतिर लोकगायक रामचन्द्र चन्द, गायक कमल बराल र भाइरल गायक वीर बहादुर विश्वकर्माले आफ्ना चर्चित सांगीतिक प्रस्तुतिहरू मार्फत उपस्थित सम्पूर्ण गुरुवर्ग, अतिथि र दर्शकहरूलाई नचाउँदै भरपुर मनोरञ्जन प्रदान गर्नेछन्। साथै, कार्यक्रमको बिच-बिचमा ३ देखि ४ मिनेटको खुल्ला रेकर्ड नृत्य प्रतियोगितासमेत सञ्चालन हुनेछ।

एक साधारण पूर्व विद्यार्थीले आफ्ना जन्मदिने मातापिता, अक्षर चिनाउने गुरुहरू र आध्यात्मिक मार्गदर्शकहरूलाई एकै थलोमा भेला गराई गर्न लागेको यस सम्मान कार्यक्रमले समाजमा हराउँदै गएको नैतिक मूल्य र मान्यतालाई स्थापित गर्न ठूलो सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो