Hi-Speed Computer

Awareness Campaign

एक दर्जन कलाकारले आवाज दिएको उत्कृष्ट सिर्जना ‘हाई मुरली’ सार्वजनिक ( भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: लोप हुन लागेका पुराना मौलिक सिर्जनालाई सबै माझ परिचित गराउने हेतुले कलाकारहरुले नयाँ तिहार विशेष गीत ‘हाई मुरली हाई’ सार्वजनिक गरेका छन्।

गीतमा नेपाली लोक दोहोरीका एक दर्जन कलाकारहरुले आवाज दिएका छन्। आशिष अविरलको संगीत संयोजन तथा लय संयोजन रहेको सो गीतको शब्द आशिक, बलबहादुर र राजकुमार मिलेर बनाएको हुन्।

गीतमा आशिष, वसन्त थापा, ईश्वर सिंह, तेजश रेग्मी, इमन् साइनल, प्रकाश खप्तरी मगर र रेशम निर्दोषको आवाज रहेको छ। त्यस्तै महिला कलाकारमा देवी घर्ती, जुना श्रीस, समीक्षा अधिकारी, तारा श्रीस, शुशिला पाठक र अमृता नेपालीको आवाज रहेको छ।

Forest
Forest
Ad.

गीतको म्यूजिक भिडियो निर्देशन यम गुरुङको रहेको छ भने दुर्गेश थापा र रिता थापा मगरको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया