Clean Water Campaign

Awareness Campaign

मालिका मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्, मनोकामना पूर्ण हुनेछ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

मालिका मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस् र शेयर गर्नुहोस्, मनोकामना पूर्ण हुनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मित्र वा आफन्तको सहयोग मिल्नेछ। मिष्ठान्न भोजन प्राप्ति होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। बौद्धिकताको विकास हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ।

Forest
Forest
Ad.

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कुनै कुराले मनमा शान्ति छाउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला। प्रेममा मधुरता पनि छाउनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। धनार्जन हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज आफन्तको प्रगतिमा मन रमाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ।

Awareness by SKF

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। मालसामान हराउन सक्छ। हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोजगारको अवसर मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक झमेला रहला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रमणीय र सुखद् यात्राको योग छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विद्या र बुद्धिको विकास हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कार्यसिद्धि हुने अवसर मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): घरमा अतिथिको आगमन हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। लाभदायक यात्रा रहनेछ। नयाँ कार्यको थालनी होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्। मालिका देवीले हामी सबैको कल्याण गरून्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया