Awareness

अभिनेत्री साम्राज्ञीको ‘बोल्ड’ भिडियो सार्वजनिक भएपछि तहल्का (भिडियो सहित)

मनोरञ्जन खबर

Place for ads

काठमाडौं: पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा देखिन थालेकी छन्।

केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ। दसैँको अवसर पारेर सार्वजनिक भिडियोमा साम्राज्ञीको बोल्ड अन्दाजमा देख्न सकिन्छ।

Get Vaccinated

प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन सुरज शर्माले गरेका हुन्। शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीलाई अभिनयमा जोडीको रूपमा साथ विवेक खड्काले दिएका छन्।

इन्डोर दृश्यले प्राथमिकता पाएको भिडियो सुशन मगरको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन छ। साम्राज्ञीको भिडियोमा देखिएको बोल्ड अवतारले निकै चर्चा पाएको छ। उनी रोमान्टिक मुडमा देखिएको उक्त भिडियोले तहल्का नै मच्चाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *