Smoking Causes Cancer

‘गण्डकी’बाट चम्किदै गरेका अर्जुन (भिडियो सहित)



ओझेलका खबर संवाददाता
८ महिना अगाडि


Place for ads

गुल्मी: पछिल्लो समयमा नेपाली सांगीतिक बजारको आकाश चुलिँदै गएको छ। संगीतमा नयाँ नयाँ पन भित्रिएको छ र नयाँ नयाँ पुस्ताहरूको नयाँ नयाँ प्रस्तुतिहरुले निकै शृंगारिएको छ। संगीत एउटा यस्तो माध्यम हो जसले दुःख पिर हर्ष रोदन एउटा कथा बोलेको हुन्छ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा जन्मेका अर्जुन अहिले संगीतमा विश्वव्यापी रूपमा आफ्नो पहिचान कायम गर्न तल्लिन रहेका छन्। यसै क्रममा अर्जुन बरालको प्रस्तुतिमा सार्वजनिक भएको गीत हो, गण्डकी।

गण्डकी गीत जसले छोटो समयमा धेरै चर्चा परिचर्चा कमाइरहेको छ। विभिन्न सामाजिक सञ्जाल माध्यमबाट यसलाई दर्शक श्रोताले निकै राम्रो प्रतिक्रिया र माया दिएका छन्। उक्त गण्डकी गीतमा अर्जुन बराल र जुना विश्वकर्माको उत्कृष्ट नृत्य अभिनय हेर्न पाइन्छ। जसलाई एकेन्द्र साराशंकरले निर्देशन गरेका हुन् भने छायाङ्कन नवराज उप्रेतीले गरेका छन्।

सिंचाई
Forest
Ad.

जुन गीतको जन्ममा प्रतिभावान कलाकार असिमचन्द्र विश्वकर्माको संगीत रहेको छ भने पछिल्लो समयमा बजारमा अत्यन्तै रुचाइएका सर्जक नन्दनी, लौननी भैया, डोरीबाटेर,कौवा करायो, देउ न त्यो मन, बन्दीपुरे माइलो जस्ता दर्जनौं हिट गीतका सर्जक बिक्रमबाबु विश्वकर्माको शब्द रचना रहेको छ। चर्चित लोकदोहोरी गायिका देवी घर्ती मगर र पछिल्लो समयको चर्चित गायक विप्लव खातीको आवाजमा स्वरबद्ध छ। जुन गीतको संगीत संयोजन संगीतका बादशाह श्यामस्वेत रसाईलीले गरेका छन्।

यसअघि पनि अर्जुन बरालले थुप्रै म्युजिक भिडियोहरु प्रस्तुत गरेका छन्। यसमध्ये झोला बोकेर, जुनेली, थोरै थोरै आत्तिन्छु कि उनका लोकप्रिय गीत हुन। र गण्डकी गीत अर्जुन बराल अफिसियल युट्युब च्यानलबाट बजारमा हेर्न सुन्न सकिन्छ।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो