Smoking Causes Cancer

कावासोतीमा ट्रकको ठक्करबाट १६ महिनाकी बालिकाको मृत्यु, आमा घाइते



ओझेलका खबर
१ घण्टा अगाडि


Place for ads

ओझेलका खबर, नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको कावासोतीमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छन्।
​प्रहरीका अनुसार हिजो साँझ ६:४६ बजेको समयमा कावासोती नगरपालिका वडा नं. ८ स्थित फलफूलचोकमा बाटो काट्दै गरेको लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार प्युठानको झिम्रुक गाउँपालिका १ घर भई हाल कावासोती–११ कुडौली अन्दाजी २५ वर्षीया पुष्पा चौहान र उनकी १६ महिनाकी छोरी घाइते भएका थिए।
​गम्भीर घाइते बालिकालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा साँझ ७:०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
आमालाई चितवन रिफर
बाहिरी चोट नदेखिए पनि केहिबेर बेहोस रहेकी घाइते आमा पुष्पा चौहानलाई प्रारम्भिक उपचारका लागि नवलपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर पठाएर उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी डिएसपी अनिल पण्डितले जानकारी दिनु भयो ।
​मोटरसाइकल चालक अर्घाखाँची घर भई कावासोती–११ कुडौली बस्ने ३२ वर्षीय सूर्य बी.सी. रहेका छन्।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका वडा नं. १४ बस्ने ३० वर्षीय सौरभ खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो