Smoking Causes Cancer

पछिल्लो २४  घण्टामा सवारी  दुर्घटनामा परी ९ जनाको मृत्यु, थप घाइते



ओझेलका खबर
२१ घण्टा अगाडि


Place for ads

​  पुजा गौतम

 बुटवल । देशका विभिन्न स्थानमा भएका अलग-अलग सवारी दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ। नवलपरासी पश्चिम, बारा, बाँके, कञ्चनपुर, चितवन, दाङ, उदयपुर, दार्चुला र मोरङमा भएका दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो।

​१. नवलपरासी पश्चिम: पैदलयात्री महिलाको उपचारका क्रममा मृत्यु

सिंचाई
Forest
Ad.

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१४ खजुरा खोलास्थित सडकमा बर्दघाटबाट धर्मबस्तीतर्फ जाँदै गरेको लु.प्र.०१–०१२ प ६३५५ नम्बरको मोटरसाइकलको टक्करबाट पैदलयात्री स्थानीय ८१ वर्षीया अनिसरा हिस्की मगर घाइते भएकी थिइन्। चौपत्तास्थित सामुदायिक अस्पतालमा उपचारपछि घर ल्याइएकी उनको असोज १९ गते बेलुकी १८:३० बजे घरमै मृत्यु भएको छ।

​२. बारा: स्कुटर र मोटरसाइकल ठोक्किँदा घाइते भएका खनालको निधन

बाराको निजगढ नगरपालिका–५ शान्ति टोलस्थित भित्री सडक खण्डमा प्र.२–०३–०१८ प ८३९० नम्बरको स्कुटर र प्र.२–०३–०१५ प ७१२९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक ४५ वर्षीय राज मनि खनालको काठमाडौँस्थित बाँसबारी न्युरो अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा असोज १९ गते मृत्यु भएको छ।

​३. बाँके: डिभाइडरमा मोटरसाइकल ठोक्किँदा युवाको मृत्यु

Awareness by SKF

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ भुजईगाउँस्थित सडकमा भे १४ प ७०३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका २५ वर्षीय सौगात कुँवरलाई थप उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।

​४. कञ्चनपुर: अनियन्त्रित मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

कञ्चनपुरको कञ्चनपुर वेदकोट नगरपालिका–७ लालपुरमा से.६ प २२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २५ वर्षीय विक्रम बम घाइते भएका थिए। महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको छ।

​५. चितवन: ट्र्याक्टर र बोलेरो ठोक्किँदा महिलाको मृत्यु

चितवनको कालिका नगरपालिका–५ मा ना.६ त ६४४४ नम्बरको ट्र्याक्टर र बा.प्र.०३–०१–०२४ च ३४७३ नम्बरको बोलेरो एकापसमा ठोक्किएका थिए। दुर्घटनामा बोलेरोमा सवार ३५ वर्षीया लक्ष्मी परियारको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।

​६. दाङ: बस र अटो ठोक्किँदा दुई महिने शिशुको मृत्यु

दाङको लमही नगरपालिका–३ मझगाउँस्थित पूर्व-पश्चिम राजमार्गमा लु.प्र.०२–००१ ख ०११९ नम्बरको बस र लु.प्र.–०२–००१ ह १५७१ नम्बरको अटो एकापसमा ठोक्किएका थिए। दुर्घटनामा अटोमा सवार प्युठान सरुमारानी गाउँपालिका–३ की सरुमारानी गाउँपालिका–५ हात्तिखाल बस्ने ४५ वर्षीया नमिसरा बराल र उनकी २ महिनाकी नातिनी जेनिशा सोमै घाइते भएका थिए। २ महिनाकी शिशु जेनिशा सोमैको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको छ।

​७. उदयपुर: ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दले पुन मगरको मृत्यु

उदयपुरको बेलका नगरपालिका–०६ किराँत चोकमा को १ क ३४१८ नम्बरको ट्र्याकको अगाडीको टायर पञ्चर भई अनियन्त्रित हुँदा विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०२–००२ प २५४८ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक रोल्पा सुनछहरी गाउँपालिका–०४ बस्ने ५६ वर्षीय दले पुन मगरको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।

​८. दार्चुला: जिपबाट खसेर युवकको मृत्यु

दार्चुलाको मार्मा गाउँपालिका–०३ बिटुलेमा सु.प.प्र.०१–००१ ज १६९० नम्बरको जिपको गुडिरहेको अवस्थामा ढोका खुल्न गई खसेर बैतडी दिलासैनी गाउँपालिका–०२ बस्ने २९ वर्षीय सन्तोष जाग्री घाइते भएका थिए। उनलाई बैतडी जिल्ला अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका छन्।

​९. मोरङ: दुई मोटरसाइकल ठोक्किँदा दिलीप बि.क.को निधन

मोरङको धनपालथान गाउँपालिका–६ रङ्गेली-विराटनगर हुलाकी सडकमा को ११ प ६७४७ र को १९ प २ नम्बरका दुई मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका २२ वर्षीय दिलीप बि.क.को विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

​सबै घटनाका सम्बन्धमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले थप अनुसन्धान अगाडि बढाएका छन्।

​ओझेलका खबर – खबर भित्रको खबर

मिति : २०८३, असोज २०।

पोष्ट समय : दिउँसो १: १२ बजे

………………………………………..

सन्तुलित आलोचना, रचनात्मक सुझाव तथा मार्गदर्शनमूलक टिप्पणीको हामी स्वागत गर्दछौँ। कृपया गालीगलौज तथा अमर्यादित टिप्पणी नगरिदिनुहोला।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो