११ फागुन, कावासोती । पूर्वी नवलपरासीको गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
आज बिहान गैँडाकोट नगरपालिका-७ जानकी ग्यास अगाडि पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका-११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार कावासोती नगरपालिका–१७ बस्ने १७ वर्षका राज विक गम्भीर घाइते भएका छन् । गैँडाकोटबाट रजहरतर्फ जाँदै गरेको ना ६३ प ९३९० नम्बरको मोटरसाइकल डिभाइडरमा ठक्कर खाई पल्टिन जाँदा सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४६१ नम्बरको बसले सोही मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।
दुवै घाइतेमध्ये चालक पुलामीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । अर्का घाइतेको उपचार भइरहेको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







