Smoking Causes Cancer

पछिल्लो २४ घण्टामा सवारी दुर्घटना : धनगढीकी सुशीला बमसहित चार जनाको मृत्यु, १६१ जना घाइते



ओझेलका खबर
१ घण्टा अगाडि


Place for ads

काठमाडौं । देशभर पछिल्लो २४ घण्टाको अवधिमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १६१ जना घाइते भएका छन्। ट्राफिक प्रहरी तथा नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा सडक दुर्घटनाका कारण मानवीय क्षति भएको हो।

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–५, तारानगरकी ३५ वर्षीया सुशीला बम पनि रहेकी छन्। धनगढीको फूलबारी सडकखण्डस्थित ज्योति आयल स्टोरनजिक मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मायामेट्रो अस्पतालमा निधन भएको हो। उक्त दुर्घटनामा अन्य पाँच जना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा दुई जना तथा काठमाडौं उपत्यका र सुदूरपश्चिम प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ। यस अवधिमा विभिन्न प्रदेशमा गरी कुल १६१ जना घाइते भएको तथ्याङ्क सार्वजनिक भएको छ।

सिंचाई
Forest
Ad.

लगातार बढिरहेका सडक दुर्घटनाले सर्वसाधारणको जीवन जोखिममा पारिरहेको छ। दुर्घटना न्यूनीकरणका लागि सवारी सञ्चालनमा सावधानी, ट्राफिक नियमको पालना र सुरक्षा निकायको प्रभावकारी निगरानी आवश्यक देखिएको छ।
……
पोस्ट मिति : २०८३ मङ्सिर २८ गते
समय : बिहान ११ : २० बजे
……..
ओझेलका खबर — खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो