Smoking Causes Cancer

प्रगतिनगरमा बसको ठक्करबाट बुटवलकी महिलाको मृत्यु



ओझेलका खबर
१ घण्टा अगाडि


Place for ads

 

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१४, प्रगतिनगरमा बसको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१६, सेमलार घर भई देवचुली–१४ छत्तीसघरस्थित देवरको घरमा आएकी करिब ६० वर्षीया मञ्जु रिजाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

सिंचाई
Forest
Ad.

सो कार्यालयका सूचना अधिकारी डिएसपी अनिल पण्डितका अनुसार गएराति करिब ९ बजे प्रगतिनगरस्थित चन्द्रदीप पेट्रोल पम्प नजिकै बाटो काट्ने क्रममा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ४०६७ नम्बरको बसले शर्मालाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएकी शर्माको मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
…..
पोस्ट मिति : सोमबार, ८ मंसिर २०८३
समय : ०९ : १०  बजे
……
ओझेलका खबर — खबर भित्रको खबर
….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो