नवलपुर: हिजो साँझा पुर्वी नवलपरासीको डण्डामा मोटरसाईलकको ठक्करबाट घाईते भएकी एक बालिकाको आज विहान उपचारका क्रममा मृत्यु भएको छ।
हिजो साँझ करिव ६ बजेको समयमा कावासोती नगरपालिका १४ डडाको भित्रि सडक खण्डमा प्र.नम्बर ३–०३–०० प ४५०३ नम्बरको मोटरसाईललले सोही वडाकी ७ बर्षीया बालिका शोभा महतको आज विहान करिव साढे दुई बजेको समयमा मृत्यु भएको हो।
घाईते बालिकालाई मध्येविन्दु प्रादेशिक अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा डाक्टर विहान २ बजेर २५ मिनेटको समयमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ।
मोटरसाईकल चालक सोही पालिका १७ मगनौलीका २० वर्षिय अनिस महतो र मोटरसाईकल नियन्त्रणमा लिई अनुुसन्धान अगाडी बढाईएको सो कार्यालयले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







