गुल्मी: रुपन्देही र पाल्पामा भएको सडक दुर्घटनाको उद्धार कार्य नसकिदै अर्घाखाँचीमा पनि गाडी दुर्घटनामा ८ जना घाईते भएको अर्को दुखद समाचार प्राप्त भएको छ ।
अर्घाखाँची भुमिकास्थान नगरपालिका ६ डाडाकोट स्थित सन्धिखर्क असुरकोट भित्रि सडक खण्डमा सन्धिखर्कबाट असुरकोट तर्फ जादै गरेको प्युठानको ऐरावति गाउँपालिका .१ बस्ने अन्दाजी २२ बर्षिय दल बहादुर रेस्मी मगरले चलाएको लु १ ज १७०६ नम्बरको जिप ब्रेक फेल भई अनियन्त्रित हुँदा बाटो देखि अन्दाजी १५० मिटर तल खस्न जादाँ जिपमा सवार ११ जना मध्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्मले जानकारी दिनु भएको छ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याईदै छ । घटनाको बृस्तृत विवरणका लाइ हामी सङ्गै रहनु होला ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






