Place for ads

Awareness

२०७८ असार ४ गतेको राशिफल: यी राशिको भाग्योदय हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

४ आषाढ २०७८ शुक्रवारको राशिफल

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
Aries
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। भूमिबाट पनि लाभ रहला।

वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
Taurus
रोकिएका काम पुनः सुरु हुन सक्छन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

Get Vaccinated

मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
Gemini
उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ।

कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
Cancer
आज कुनै कुराले मन प्रसन्न रहनेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। समाजसेवामा मन लाग्नेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ।

सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
Leo
आज रचनात्मक काममा जुट्ने समय छ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्ध पनि कसिलो होला।

कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
Virgo
नयाँ व्यक्ति सँग भेटघाट हुनेछ। रोकिएको धन हात पर्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।

Awareness by SKF

तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
Libra
दबाब र तनाव बढेको महसुस हुनेछ। चिताएको काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर आफन्तको साथ पाइनेछ।

वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
Scorpio
आज पारिवारिक साथ, जमघट र समर्थन पाइएला। विद्या र बुद्धिको विकास हुनेछ। आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
Sagittarius
शुभकार्यको चर्चा चल्नेछ। छोटो दुरीको लाभदायक यात्रा रहला। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आस मारेको काम बन्न सक्छ।

मकर (Capricorn) (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
Capricorn
नयाँ काम सुरु गर्ने समय छ। जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोबारमा सफलता पाइएला। साथीभाइबाट बढी फाइदा लिने समय छ।

COVID-19

कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
Aquarius
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ। मनमा दुबिधा उत्पन्न हुनेछ। चोटपटकको भय छ सचेत रहनुहोला।

मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
Pisces
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। रमाइलो यात्रा रहला। आकस्मिक धन लाभ हुनेछ। सन्तान सुख पनि मिल्नेछ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
साभार: हाम्रो पात्रो

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया